
क्रसकन्ट्रीमा प्रतिस्पर्धा गर्दै कास्कीका हिक्मत विक ।
पोखरा-गण्डकी प्रदेशबाट साईक्लिङबाट १६ जना छनोट भएका छन् । गण्डकी प्रदेशस्तरीय साईक्लिङमा विभिन्न इभेण्टमा महिला तथा पुरुष १६ जना छनोट भएका छन् । पोखराका विभिन्न स्थानमा भएको प्रतियोगितामा आसन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्ने खेलाडी छनोट गरिएको कास्कीजिल्ला साइक्लिङ संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक शंकर भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा महिला तर्फ प्रदेशबाट क्रसकन्ट्री विधामा हिमान्सु राई, सोफिया वि.क, सदिक्षा भण्डारी छनोट भएको संयोजक भण्डारीले बताए । रोड रेसमा निकिता परियार बबिता परियार, स्पर्श उदास, पवित्र परियार छनोट भएका छन् । डाउन हिल तर्फ जमुना थापा पर्न सफल भईन् । छनोट भएका उनीहरुले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिस्पर्धा गर्ने छन् । अन्य जिल्लाहरुले साइक्लिङमा सहभागिता नजनाउँदा उनीहरुले सिधै गण्डकी प्रदेशबाट छनोट भएकाहुन् ।
गण्डकी प्रदेशबाट प्रतियोगिताको पुरुष क्रसकन्ट्री विधामा कास्कीका हिक्मत विक, स्याङ्जाका सन्दीप सुधौली, तनहुँका विनोद सापकोटा र कास्कीका अनिल विक छनोट भए । डाउन हिलतर्फ कास्कीका अजय क्षत्री र सुजन अधिकारी छानिएका छन् । रोड रेसतर्फ कास्कीका सुमित गुरुङ र सुवास लामा छनोट भएको संयोजक भण्डारीले जानकारी दिए । प्रतियोगिता क्रसकन्ट्री, रोड रेस पोखरा– १८ मेथलाङ डाँडा र डाउन हिल पोखरा– २२ स्थित रानीबन–तितेपानी क्षेत्रमा आयोजना गरिएको थियो । नवौँ राष्ट्रिय खेलकुदअसोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।
प्रतियोगितामा ७प्रदेश, ३ विभागीय र एनआरएनको टोली गरी ११ टोलीले प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुदका ३६ खेलमा प्रतिस्पर्धा हुने छ भने २ खेलको प्रदर्शनी खेल गरिने छ । प्रतियोगितामा ४ सय सात स्वर्ण पदकका लागि खेलाडी बीच प्रतिस्पर्धा हुने गण्डकी खेलकुद परिषदले जनाएको छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…