
पोखरा-केहीदिन अघि मात्रै मार्की खेलाडी सार्वजनिक गरेको पोखरा एभेन्जर्सले आफनो नेपाल टी-२० को लागि स्क्वाड तयार गरेको छ । मार्की खेलाडीमा मोहम्मद आसिफ शेख रहेका छन् । ए ग्रेडमा शरद भेषवाकरलाई टिममा समावेश गरिसकेको छ । बी ग्रेडमाा कुशल मल्ल, प्रतिश जिसि र आरिफ शेख रहेका छन् ।

सी ग्रेडमा तुलबहादुर थापा, विशालविक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्धान्त लोहनी रहेका छन् । विदेशी खेलाडीमा मोहम्मद हाफेज(पाकिस्तान), सलमन इरसाद(पाकिस्तान), निरोसान डिकवेल्ला(श्रीलंका), सेकुज प्रसन्ना(श्रीलंका), र सेहान मधुसन्का(श्रीलंका) रहेका छन् ।

पोखरा एभेन्जर्सको मेन्टरमा सन्दीप पाटिल रहेका छन् । पाटिल भारतीय पूर्व क्रिकेटर समेत हुन् । सुबोध त्रिपाठी र आतिश ज्ञवाली पोखरा एजेन्जर्सको मालिक हुन् । पोखरा एभेन्जर्समा समावेश भएका विपिन खत्री कास्की क्रिकेटका कप्तान समेत हुन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…