
काठमाडौं- संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले भुकम्प स्मृती बहुउद्धेश्यिय कभर्डहलको शनिबार शिलन्यास गरेका छन् ।
अन्तराष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा निर्माण हुने कभर्डहल काठमाण्डौ महानगरपालिका १५ स्थित डल्लु आभाष क्षेत्रमा ६ रोपनी जग्गामा निर्माण हुने भएको छ । हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत ध्यान, योग, सेमिनार संचालन गर्न सकिने छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल ओलम्पिक कमिटिको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा बन्ने कभर्डहलले स्थानिय स्तरमा खेलाडी उत्पादका साथै अन्य सभा सम्मेलन, ध्यान योगका कार्य गर्नलाई सहजता हुने बताए ।
उनले आफु ओलम्पिक कमिटिको महासचिव भएको बेलामा बनाएको योजना अहिले आएर कार्यान्वयन हुन लागेकोमा खुशी ब्यक्त गरे । उनले बाह्य संस्थाले सहयोग गरेता पनि यो स्थानिय स्तरको सम्पत्ती भएको र स्थानियहरुले नै प्रयोग र संरक्षण गनु पर्ने बताए । कार्यक्रममा बोल्दै ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हल निर्माणले स्थानिय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा वडा नं। १५ का वडा अध्यक्ष ले बन्न लागेको हलका बारेमा जनमानसमा आएका गुनासाहरुको निराकरण गर्ने क्रममा यो हल बाह्य संस्थाको लगानीमा बनेता पनि सम्पत्ती स्थानिय बासीकोनै हुने भन्दै त्यसमा कुनै शंक नगर्न आग्रह गरे ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…