
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप पोखरा रंगशाला क्रिकेट मैदानमा साईडस्क्रिन निर्माण गरिदैं ।
पोखरा-दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ ।
एकहप्तापछि शुरु हुने प्रतियोगिताको लागि आवश्यक पूर्णतयारी भने भईसकेको छैन् । मैदान पूर्णरुपमा तयार गरिएको छैन् । पीच अझै तयारी अवस्थामा छैन् । दुई तर्फको साईडस्क्रिन तयारी अवस्थामा देखिदैन् । तयारी पुरा नहुदैं राष्ट्रिय प्रतियोगिता शुरु गर्नुपर्ने बाध्यता छ । एकजना क्युरेटर र दुईजना सहयोगीको भरमा पीच तयार गर्नुपर्ने छ । दशैंले छोईसकेको छ । दशैंपछि कामदारको अभावले प्रतियोगिता नै प्रभावित हुने आंशका उत्तिकै छ ।
असोज १ गतेदेखि मात्रै पोखरा रंगशाला क्रिकेट मैदानको काम शुरु गरिएको हो । त्यसअघि क्रिकेट मैदानमा नियमित रुपमा विभिन्न प्रतियोगिता हुदैं आएको थियो । जिल्ला छनोट, प्रदेशस्तरीय छनोटको लागि क्याम्प । त्यसपछि महिलाको लागि क्याम्प अनि छनोट प्रतियोगिताले मैदान मर्मत सम्भारमा ढिलाई भएको थियो । आउट फिल्ड अझै गतिलो छैन् । खेलाडीले जोखिम लिएर खेल्नुपर्ने बाध्यता छ ।
‘असोज १ गतेदेखि नै ग्राउण्ड्सको काम शुरु गरिएको हो । पीच तयार गर्नुपर्ने छ । पीच तयार अझै भईसकेको छैन् । समय छोटो छ । छोटै समयमा काम सक्नुपर्ने बाध्यता छ ।’ पीच क्युरेटर प्रदीप राउतले भने–‘दशैंको मुखमा कामदार नपाउँदा समस्या भयो ।’ उनले दुईजना सहयोगको भरमा काम गर्नुपरेकोले ढिलाई भएको गुनासो गरे ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ सहित प्राविधिक एवं कर्मचारीले शनिबार पोखरा रंगशाला क्रिकेट मैदान निरिक्षण समेत गरेका थिए । हाईड्रोलिक रोलर विग्रिएर थन्किएको छ । हाते रोलरले पीच रोलिङ गरेर तयारी गर्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले आगामी कार्तिक दोस्रो साता हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको लागि प्रदेशको टोली छनोटको तयारीमा छ । पीच नै उपलब्ध गराई प्रशिक्षण गराएर टिम तयार गर्नुपर्ने बाध्यताले कामलाई प्रभावित बनाएको छ ।
‘एउटा साईडस्क्रिन तयार हुदैं छ । अर्को तयार गर्न समय लाग्छ ।’ क्युरेटर राउतले भने–‘दशैंमा कामदार घर जाने भएकोले रातदिन काम गरेर टुग्याउने प्रयास छ । नभए पुरानो साईडस्क्रिनलाई उठाएर काम प्रतियोगिता खेलाउनुपर्ने अवस्था छ ।’ अहिले परिषदले क्रिकेटलाई झण्डै १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । घोषणा अनुरुप पीच निर्माण र साईडस्क्रिन बनाउन खर्चिने छ । साईडस्क्रिन चारवटा पीचमा खेलाउन मिल्ने गरी तयारी गरिएको भनाई छ ।
गण्डकी प्रदेशले उदघाटन खेल मधेश प्रदेशसँग खेल्दै शुरुवात गर्ने छ । गण्डकी प्रदेशको जिम्मेवारी पूर्व राष्ट्रिय खेलाडी दिपेश खत्रीले प्रशिक्षण दिएका छन् । उनकै प्रशिक्षकत्वमा खेलाडीहरु नियमित प्रशिक्षणमा छन् । ‘पीच मर्मत नहुदाँ पीचमा प्राक्टिस गर्न पाईइएन् । केवल एक दिन मात्रै पीचमा प्राक्टिस गर्न पाईयो । अन्य दिनमा नेट्स र आउटफिल्डमा प्राक्टिस गरेर तयारी गरेका छौं ।’ प्रशिक्षक खत्रीले भने–‘पीचमै खेल्न नपाएपनि खेलाडीले होम ग्राउण्डमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा छ ।’ खेलाडीहरु दशैं मनाउन घर गईसकेका छन् । कास्कीकै खेलाडीहरु भने प्रशिक्षणमा रहने उनले सुनाए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…