
पोखरा-राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले दुईहजार भत्ता पाउँछन् । तर होटल बुकिङ केवल १२ सय रुपैयाँमा मात्रै गरिएको चर्चा छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत उदघाटन भने अझै डेढसाता बाँकी छ । यद्यपी पोखरा रंगशालामा आगामी आईतबार महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीले पाउने सुविधाको विषयमा ध्यानाकर्षण गराएको छ । खेलाडीले पाउने २ हजार रुपैयाँ भत्तामा कमिसनकै चर्चा चलेको सुनाउँदै संघका अध्यक्ष राजन पौडेलले खेलाडीले पाएको भत्ता बराबरको सेवा सुविधा नपाएको अवस्थामा विद्रोह गर्ने स्पष्ट पारे ।
‘खेलाडीले २ हजार भत्ता पाउँछन् । मेरो उद्देश्य खेलाडीले सुविधा पाउनुपर्छ भन्ने हो । सस्तोमा राखेर खेलाडीको भत्तामा कमिसन खाएको अवस्था बारे जानकारी दिए त्यही अनुसार कार्वाही गर्ने प्रतिबद्धता गर्छु ।’ सदस्य सचिव घिसिङको भनाईलाई उद्धृत गर्दै अध्यक्ष पौडेलले भने ‘खेलाडीले आरामसँग बस्न पाउनुपर्छ । राम्रो खाना पाउनुपर्छ । खेलकुद प्रतियोगिता खेलाडीको लागि हो । खेलाडीले नै सेवा सुविधा पाउनुपर्छ भन्ने मान्यता परिषदको छ ।’ खेलाडीको पैसा अरुले खानु हुदैन भन्दै गुनासो आएको अवस्थामा अनुगमन गर्ने जिकिर गरेको उनको भनाई थियो ।
प्रतियोगिता शुरु हुने निकै कम समय छ । यद्यपी पोखरा रंगशालाभित्र निर्माण गरिएको फुटबल मैदान, प्यारापिट एवं एथलेटिक्स ट्रयाक हस्तान्तरण भईसकेको छैन् । हस्तान्तरण नहुदाँ खेलाडीले प्रशिक्षण गर्न पाएका छैनन् । भौतिक पूर्वाधार हस्तान्तरण गर्ने सन्दर्भमा पनि संघले आवाज उठाएको थियो । ‘बनेको पूर्वाधार हस्तान्तरण होस भनेर हामीले उठायौं । सदस्य सचिवले हस्तान्तरणको प्रक्रियामा गएको जवाफ दिनुभयो ।’ अध्यक्ष पौडेलले भने–‘बजेटको लागि अर्थमन्त्रालयमा पठाईसकिएको छ । प्रतियोगिता अगावै पूर्वाधार राखेपलाई हस्तान्तरण हुने जवाफ पायौं ।’
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडी पोखरी पोखरा रंगशालाभित्र निर्माण हुने अपेक्षा थियो । तर दुईवर्ष कोभिडले रोकिदियो । त्यसपछि प्रक्रियामै गएन् । सदस्य सचिवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि पनि पौडी पोखरी बनाउने प्रक्रिया अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् । खेलाडी संघले पोखरा रंगशालाभित्रै बहुतले मार्शल आर्ट्स भवन निर्माणमा समेत जोड दिएको थियो । कर्मचारी दरबन्दी मिलानको कुरा समेत संघले उठाएको थियो । शौचालय हुदाँ समेत प्रयोगमा आउन सकेको छैन् । ठूला प्रतियोगिता आयोजना हुदाँ शौचालय बन्द हुदाँ खेलाडी तथा अफिसियललाई समस्या पर्ने गरेको गुनासो संघको थियो ।
प्रतियोगिता नजिकिदै जादाँ महिला हक्की खेलाउने खेल स्थल अझै ठम्याई भईसकेको छैन् । हेमजास्थित गौरी खेल मैदानमा पुरुष हक्की खेलाउँदा महिला हक्की खेलाउन अझै सकस छ । योजनामा रहेको गण्डकी बोर्डिङ स्कुलको मैदान मर्मत सम्भार गर्न सम्भव नै नभएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले जनाए । उनले पोखरा रंगशालाभित्रको बैकल्पिक फुटबल मैदानमै खेलाउने योजना रहेको बताए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…