
पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन सोमबार विहान भएको पहिलो खेलमा पानीले अवरुद्ध हुदाँ डिएल नियमानुसार नेपाल प्रहरीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ । टस जितेर व्याटिङमा उत्रिएको नेपाल पुलिसले सम्झाना खड्काको २५ रनको महत्वपूर्ण योगदानमा ६ विकेटको क्षतिमा ११० रनको योगफल तयार पारेको थियो । ११ औं महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको डेब्यु प्रतियोगिता समेत हो । नेपाल प्रहरीले कप्तान रुबीना क्षत्रीको कप्तानीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलाडी अनुबन्धन गरेर टिम बनाएको हो । यसअघिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल प्रहरीको टोली थिएन् ।
काजल श्रेष्ठ र कविता कुँवरको ओपनिङ जोडीले ३३ रनको साझेदारी निभाउँदै राम्रो शुरुवात गरे । दुवैले १६÷१६ रनको योगदान दिए ।कविता कुँवर पहिलो विकेटको रुपमा पुलिसले गुमाउँदा उनले १४ बलमा ३ चौकासहित १६ रन बनाएकी थिईन् । उनी अन्जु गुरुङको बलमा बोल्ड भईन् ।
तेस्रो नम्बरमा आएकी सम्झना खड्काले उत्कृष्ट पारी खेलिन् । यद्यपी दोस्रो विकेटको लागि केवल १३ रनको मात्रै साझेदारी हुन पुग्यो । अन्जु गुरुङकै बलमा काजल श्रेष्ठ किरण कुँवरको हातबाट क्याचआउट भईन् । उनले १६ बलमै २ चौका सहित १६ रन बनाएकी थिईन् । सम्झना खड्काले २५ रन बनाउने क्रममा २१ बल खेल्दै २ चौका हिर्काउँदै कर्णालीलाई प्रतिस्पर्धात्मक लक्ष्य दिने महत्वपूर्ण भूमिका खेलिन् ।
रेवती धामीले १४, कविता जैसीले ८ रन बनाईन् ।
कप्तान रुबीना क्षत्री ९ रनमा अविजित रहिन् । कर्णालीकी अन्जुले ४ ओभरमा २४ रन खर्चिएर ३ विकेट लिईन् । १११ रनको लक्ष्य पछ्याएको कर्णालीले १०.२ ओभर खेलिरहँदा पानी परेपछि डिएल नियमानुसार नेपाल प्रहरीले जितको आत्मसात गर्यो । कर्णाली १७ रन बनाउने क्रममा ७ विकेट खसेपछि जितको सम्भावना कमजोर भईसकेको अवस्थामा पानी परेको थियो । खेलमा सम्झना प्लयेर अफ दि म्याच घोषित भईन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…