गण्डकी प्रदेश खेलकुद सदस्य सचिव गुरुङको अवकाश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २४ गते २०७९ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुदको प्रतियोगिताको पूर्वसन्ध्यामा गण्डकी खेलकुद परिषद सदस्य सचिव विहीन बनेको छ ।२०७७ चैत १ गते नियुक्त भएका तेजबहादुर गुरुङको उमेरहदसँगै सदस्य सचिव अवकाश लिएका हुन् । उनको अवकाशसँग गण्डकी खेलकुद परिषद सचिव विहीन भएको हो । गुरुङ असोज २५ गतेदेखि ६१ वर्षको उमेर पुग्ने छन् । उमेद हदकै कारण उनी सदस्यसचिवबाट अवकाश पाएका हुन् । उनले सोमबार पत्रकार सम्मेलन गर्दै उमेदले प्रदेश खेलकुद परिषदबाट अवकाश लिएको बताए । आफनो दायित्व अनुसार जिम्मेवारी पुरा गरेको स्पष्ट पारे ।

तत्कालिन गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजत्वमा गठित तीन सदस्य समितिको सिफारिसमा गुरुङ सदस्य सचिवमा नियुक्त भएका हुन् । छनोट समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवर तथा खेलकुदकर्मीको तर्फबाट जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष दिलबहादुर गुरुङ सदस्यको रुपमा थिए ।

अवकाश प्राप्त सदस्य सचिव गुरुङ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष समेत हुन् । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष हुन् । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सेभ दि मिसनको जिम्मेवारी समेत सम्हालेका थिए । प्रदेश खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिवको लागि खेलकुद क्षेत्रमा विशेष योगदान पुर्याएको, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्तानक तह उत्तीर्ण भएको, नैतिक पतन देखिने फौजदारी अदालतबाट कसुरदार नठहरिएको र तीन वर्ष उमेर पुरा भएको उल्लेख थियो ।

ऐनको दफा १७ को उपदफा ११ मा निजले अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा, गैर नेपाली नागरिक भएमा वा कुनै विदेशी मुलुकको स्थायी बसोबासको अनुमति लिएमा वा सोको लागि निवदेन दिएमा, निर्वाचनद्वारा नियुक्त हुने कुनै सार्वजनिक जवाफदेहीको पदमा उम्मेदावर भएमा, भ्रष्टाचार जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपोसार लागु औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पति शुद्धीकरण राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कुसुर संगठित अपराध वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसुरमा एक वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएकोमा, राष्ट्रको प्रतिनिधित्व गरी विदेश गएकोमा भोगेको प्रमाणित भएमा , निजको उमेर साठी(६०) वर्ष पुरा भएमा र निजको मृत्यु भएमा पद रिक्त हुने व्यवस्था छ ।

गुरुङ आफैंमा ह्याण्डबल खेलाडी हुन् । उनी पोखरा–१६ अर्मलामा जन्मिएका हुन् । गुरुङले २०४० सालमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा ह्याण्डबलमा स्वर्ण पदक जिताउँदा कम्तानको भूमिकामा थिए । सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए ।