
पोखरा- नेपालको अग्रणी बैंक राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच प्रायोजन सम्वन्धि सम्भौता भएको छ । नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजार राख्दै बाणिज्य बैहले प्रायोजन सम्झौता गरेको हो ।
सम्झौता पत्रमा राष्ट्रिय बाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे । बाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगो सहित विभिन्न विज्ञापन गर्न पाउनेछ । जसमा खेल स्थल ओरीपरि होर्डिङ्गबोर्ड, स्टल, ब्यानर लगायत बिज्ञापनका सामाग्रीहरु प्रयोग गर्न पाउने छ भने विभिन्न प्रतियोगितामा पुरस्कार वितरणमा अतिथीको रुपमा सम्मान प्रदान गरिने छ ।
यस सम्झौता पश्चात राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच आगामी दिनमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन सम्बन्धि यात्रालाई निरन्तरता प्रदान गर्ने सहमती भएको छ । विगत लामो समय देखि खेलकुदका विभिन्न खेललाई प्रायोजन गर्दै आईरहेको बाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो प्रायोजन सम्वन्धि अग्रसरतालाई कायम गर्दै प्रायोजन गरेको छ ।३० लाख बराबरको सम्झौता भएको हो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…