
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले बिहीबार फेन्सिङ थप एक स्वर्ण पदक जितेको छ । फेन्सिङको पुरुष टिम फोयलमा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्ण पदक जितेको हो । बागमतीको यो फेन्सिङ तेस्रो स्वर्ण पदक समेत हो । पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदुर पश्चिम र प्रदेश नं १ ले कास्य पदक प्राप्त गरेका छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…