
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि फुटबल प्रतियोगिता शुरु हुदैं छ । पोखराको लामाचौरस्थित गोस्ते खेल मैदानमा पुरुष फुटबल शुरु हुदाँ महिला फुटबल प्रतियोगिता भने वालिङस्थित खेल मैदानमा सञ्चालन हुने छ ।
गैर आवासिय नेपाली(एनआरएन)ले प्रदेश १ सँग प्रतिस्पर्धा गर्दै उदघाटन शुरु हुने छ । गोस्ते खेल मैदानमा दिउँसो साढे १२ बजे उदघाटन खेल शुरु हुने छ । सोही दिनको दोस्रो खेल बागमती प्रदेशले मधेश प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ ।
दोस्रो दिन लुम्बिनी प्रदेशले विभागीय क्लब नेपाली सेनासँग खेल्ने छ । भने दोस्रो दिनको दोस्रो खेल कर्णाली प्रदेशले सुदुर पश्चिम प्रदेशसँग खेल्ने छ । गण्डकी प्रदेशको खेल भने तेस्रो दिनमा छ । २९ असोजमा गण्डकी प्रदेशले गैर आवासिय नेपाली(एनआरएन)सँग प्रतिस्पर्धा गर्ने कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले जानकारी दिए ।
उता महिला तर्फको प्रतिस्पर्धाको उदघाटनमा नेपाल पुलिस क्लबले बागमती प्रदेशसँगै खेल्दै शुरु गर्ने छ । दोस्रो खेलमा त्रिभुवन आर्मीले मधेश प्रदेशसँग खेल्ने छ । गण्डकी प्रदेशले दोस्रो दिनको दोस्रो खेलमा कर्णाली प्रदेशको सामना गर्ने छ ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…