
पोखरा-सशस्त्र प्रहरीको महिला क्रिकेट टोलीले दोस्रो जित निकाल्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो । गण्डकीले तीन खेलमा पराजित हुदैं समूह एको अन्तिमस्थानमा छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा बिहीबारटस जितेर व्याटिङ रोजेको गण्डकी केवल २६ रनमा समेटियो । चार व्याटर शून्यमै आउट भए । पहिलो, दोस्रो र तेस्रो नम्बरमा आएका व्याटरले समान ३/३ रन जोडे । कप्तान श्रृष्टि जैसीले सर्वाधिक ५ रन बनाईन् । सशस्त्री इन्दु बर्माले २ र सीता रानामगर,निशा भट्ट,नेरी थापा, सुमन विष्टले समान १/१ विकेट लिए ।
२७ रनको लक्ष्य पछ्याएको सशस्त्रले २.२ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्यो । कप्तान सीता रानामगरले १२ रन बनाँउदै अविजित रहिन् । इन्दु बर्मा पनि अविजित रहँदै ९ रनमा खेलिन् । पहिलो विकेट ज्योति पाण्डेलाई २ रनमा गुमाएको थियो । खेलमा इन्दु बर्मा प्लेयर अफ दि म्याच घोषित भईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…