
पोखरा- म्याग्दीको बेनीमा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीस्थित खेल मैदानमा आयोजित प्रतियोगितामा गण्डकीले सुदुर पश्चिमलाई २५–१८, २५–८ र २५–२२ को सेटमा पराजित गरेको थियो । बिहीबार उदघाटनसँगै एक खेल मात्रै आयोजना गरिएको थियो । प्रतियोगिताको उदघाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले गरेका थिए ।शुक्रबार तीन खेल हुने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…