
पोखरा -नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।
शुक्रबार लामाचौरस्थित लामाचौर खेल मैदान गोस्तेघाटमा भएको प्रतिस्पर्धमा आर्मीले ४–१ गोल अन्तरले पराजित गरेको छ ।
आर्मीका लागि पहिलो गोल दिनेश हेमजनले पहिलो गोल गरे । उनले खेलको १५ औं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए ।
दोस्रो गोल भने आर्मीले उपहार प्राप्त गर्यो । दिपसन ठकरीको अत्मघाती गोलबाट आर्मीले अग्रता दोब्बर बनायो ।
जर्र्जप्रिन्स कार्कीले आर्मीका लागि अर्को गोल थप्दै लुम्बिनीमाथि दबाव बनाए । उनले ४७ औं मिनेटमा गरेका थिए । लुम्बिनीले ५० औं मिनेटमा चेतन थारुको गोलबाट खेलमा फर्किने प्रयास गरे । तर थपिएको दुईमिनेटमा (९० प्लस २) मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई फराकिलो जितको हकदार बनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…