
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घरेलु गण्डकी प्रदेश पुरुष ह्याण्डबलको फाइनलमा स्थान बनाएको छ। गण्डकीले लुम्बिनीलाई ५४–२१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो। गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे। अब, गण्डकीले विभागीय आर्मी र सशस्त्रबीचको सेमिफाइनल विजेतासँग स्वर्ण पदकका लागि शनिबार फाइनल खेल्नेछ।
त्यस्तै, पुरुष ह्याण्डबल फाइनलमा विभागीय आर्मीले स्थान बनाएको छ। शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीले अर्को विभागीय एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल गरे।
घरेलु गण्डकी र विभागीय आर्मीले शनिबार दिउँसो ४ बजे पुरुषतर्फको फाइनल खेल हुनेछ। त्यसअघि, एपीएफ र लुम्बिनीबीच विहान ८ बजे तेस्रो स्थानका लागि खेल हुनेछ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलमा २ विभागीय आर्मी र एपीएफ फाइनल पुगेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको पहिलो सेमिफाइनल खेलमा एपीएफले प्रदेश–१ माथि २९–६ ले हराउँदै फाइनल पुगेको हो। एपीएफकी उमा राईले सर्वाधिक ७ गोल गरिन्।
त्यस्तै आज नै भएको महिलातर्फको दोस्रो खेलमा विभागीय आर्मीले घरेलु गण्डकीलाई २४–९ ले हराउँदै फाइनलमा स्थान बनाएको छ। आर्मीकी कल्पना ओलीले सर्वाधिक ७ गोल गरिन्। विभागीय आर्मी र सशस्त्रबीच शनिबार दिउँसो २ बजे फाइनल खेल हुनेछ।
त्यसअघि, गण्डकी र प्रदेश–१ बीच तेस्रो स्थानका लागि विहान १० बजे खेल हुनेछ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…