
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथलेटिक्सको पहिलो दिन नयाँ कीर्तिमामान बनेको छ । लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले १०० मिटर दौडमा कीर्तिमान बनाएकी हुन् ।
हिट चरणको दौडमा उनले १२.१५ सेकेण्डको समयमा पुरा गर्दै किर्तिमान बनाईन् । उनले यस अघिको १२.१९ सेकेण्डको कीर्तिमानको भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । देवीमाया पनेरुले १९९९ मा आठौं दक्षिण एशियाली खेलकुद(साग)मा त्यो कीर्तिमान बनाएकी थिईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…