
पोखरा-पुरुष सटफुट तर्फको प्रतिस्पर्धामा आर्मीका तिलक विकले १२.८५ मिटर फाल्दै स्वर्ण पदक जिते । त्यस्तै आर्मीकै १२.६४ मिटर फालेका चित्रबहादुर वलिले रजत पदक र बागमती प्रदेशका ललित रावतले कास्य पदक जित्ने क्रममा ११.९५ मिटर फालेका थिए ।
महिला तर्फको सटफुटमा नेपाल प्रहरीकी चन्द्रकला लामगादेले १२.४० मिटर फाल्दै स्वर्ण पदक जितिन । त्यस्तै लुम्बिनी प्रदेशकी संगीता अधिकारीले १०.८३ मिटर फाले रजत पदक जितिन । नेपाल प्रहरीकी बसन्ती चौधरीले ९.८६ मिटर पर फ्याँकेर कास्य पदक चित्त बुझाईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…