
पोखरा-पुरुष तर्फको १०० मिटर दौडमा सशस्त्र प्रहरी बलका शिवराज पार्कीले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जिते । उनले दौड १०.५६ सेकेण्डमा पुरा गरे । पार्कीले सन १९९९ मा रामकृष्ण चौधरीले १०.७१ सेकेण्डको कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । आर्मीका युवराज विकले रजत जिते । उनले दौड पुरा गर्न १०.५८ सेकेण्डको समय लगाए । आर्मीका डिल्ली भण्डारीले १०.७० सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।
एथलेटिक्स अन्तर्गत १०० मिटर दौडमा सरस्वती चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला १०० मिटर दौडमा आर्मीकी चौधरीले १२.१३ सेकेण्डले पुरा गर्दै स्वर्ण पदक जितिन् । उनले फ्रि हिटमा लुम्बिनीकी धाविका निशा चौधरीले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेकी हुन् । निशाले हिटचरणमा १२.१५ सेकेण्डको समयमा पुरा गर्दै कीर्तिमानी बनाएकी थिईन् । दौडमा निशा चौधरीले रजत पदकमा चित्त बुझाईन् । उनले १२.२२ सेकेण्डको समय लगाईन् । आर्मीकै रमिता थारुले कास्य पदक जितिन । उनले १२. ९३ सेकेण्डमा दौड पुरा गरिन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…