
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला साईक्लिङ डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीकी निष्मा श्रेष्ठ २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन ।
पोखराको रानीबनमा आयोजित साईक्लिङको डाउनहिलमा नेपाल आर्मीकै उषा खनाल दोस्रोस्थानमा रहिन् । उनले दुई मिनेट ३७.४५ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् । गण्डकी प्रदेशकी जमूना थापाले २ मिनेट ४०.०९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जितिन् ।
यसैगरी पुरुष तर्फको डाउनहिल प्रतिस्पर्धामा नेपाल आर्मीका राजेश मगरले १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेका छन् ।
यसैगरी बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा पुरा गर्दै रजत पदक र सशस्त्र प्रहरी बलका प्रतिक थापामगरले १ मिनेट ५५.६९ सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…