
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबल तर्फ गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको खेलमा प्रदेश नं.१ लाई २–० गोल अन्तरले हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । समूह ए तर्फ भएको खेलमा गण्डकीले दुवै गोल पहिलो हाफ गरेको हो ।
गण्डकीको जितमा कमल थापा र जया गुरुङले गोल गरे । निकै आक्रमक खेल पस्किएको गण्डकीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो । जया गुरुङले उत्कृष्ट गोल गर्दै गण्डकीलाई अग्रता १–० को अग्रता दिलाए । २७ औं मिनेटमा कमलले गरेको शक्तिशाली प्रहारले सिधैँ जाली चुम्यो । पहिलो हाफ २–० ले पछि परेको प्रदेश नं.१ ले सुधारिएको खेल देखाएपनि स्ट्राइक लाइनमा कम्जोर हुँदा खेलमा फर्किन सकेन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…