
पोखरा-पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी शीर्षस्थानमा छ । घरेलु प्रदेश गण्डकी भने पाँचौस्थानमा छ । हालसम्म ८७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ ।
दोश्रो स्थानमा विभागी टोली एपिएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य पदक जितेको छ । त्यसैगरी तेस्रो स्थानमा अर्को विभागीय टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक जितेको छ ।
चौथो स्थानमा बागमती प्रदेश छ । बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १० काँस्यसहित ३६ पदक जितेको छ । घरेलु मैदानमा गण्डकी प्रदेशले हालसम्म ८ स्वर्ण, ५ रजत र १५ काँस्य पदक गरी २८ पदक हात पारेको छ । एनआरएनए ४ स्वर्ण, ३ रजत र ४ काँस्यसहित ११ पदकसहित छैटौ स्थानमा रहँदै गण्डकीलाई पछ्याइ रहेको छ ।
मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्यसहित ८ पदक प्राप्त गरेको छ । प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य सहित १८ पदक, सुदूरपश्चिमले १ स्वर्ण, १ रजत र ८ काँस्यसहित १० पदक, लुम्बिनीले ६ रजत, ४ काँस्यसहित १० पदक, कर्णाली प्रदेशले १ काँस्य पदक जितेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…