
पोखरा-पोखरामा जारी नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेवल टेनिस प्रतियोगिताका पाँचवटा ईभेन्ट सम्पन्न भएकोमा ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्स तर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ ।
सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा ईभेन्टसको स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीले जितेको हो ।
सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३ –१, ११ –८, ११ –५, ११ –१३,११–६ को ३–१ ले सशस्त्र प्रहरीलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको थियो ।
यसैगरी प्रतियोगितामा सहभागी ११ टिम मध्ये शसस्त्र प्रहरीले २ रजत, नेपाल प्रहरी, नेपाली सेना र बाग्मति प्रदेशले १÷१ रजत हात पारेका छन् भने कास्य पदक तर्फ बाग्मति प्रदेशले २, एनआरएनएले २, प्रदेश नं १ ले २, त्रिभुुवन आर्मी क्लवले २, नेपाल पुसिल क्लवले १ र गण्डकी प्रदेशले १ कास्य पदक हात पार्न सफल भएका छन् ।
स्वर्ण पदक पाउन सफल नेपाल प्रहरीको खेलाडीहरुमा पुुरुष टिम इभेन्ट तर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदिप रोका, महिला टिम इभेन्ट तर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवल, यस्वासी अवल, शुभाश्री श्रेष्ठ, पुरुष डबल्स तर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्स तर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका छन् भने महिला डबल्स इभेन्ट तर्फ शसस्त्र प्रहरीलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीहरुमा सिक्का सुवाल र वियन्का राई रहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…