
पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलमा सशस्त्र प्रहरी बल र बागमती प्रदेश अन्तिम चारमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा सशस्क्रले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्बिनी प्रदेश माथि जित निकालेको थियो । बागमतीले सुदुर पश्चिमलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । बागमतीले सुदर पश्चिमलाई २५–१२, २५–१५ र २५–२३ को सेटमा पराजित गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…