
पोखरा-प्याराग्लाईडिङ दुर्घटनामा परी ज्यान गुमाएका निसिम थापाको सोमबार रामघाटमा अन्त्येष्टि गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मीबाट सहभागिता जनाएका निसिम आईतबार दिउँसो टेक अफ पछि दुर्घटनामा परेका थिए । टेक अफ लगत्तै हावाको चापमा असन्तुलन हुदाँ उनी जमिनमा बजारिन पुगेका थिए । निसिम क्रसकन्ट्रीको दोस्रो दिन पहिलो टेक अफ गरेका थिए । पहिलो दिनको टास्कमा निसिम आठौं स्थानमा रहेको नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव शैलेन्द्र रावतले जानकारी दिए ।
उनको विहान शवयात्रा गरिएको थियो । उनको पार्थीव शरीरमा राष्ट्रिय खेलकुद परिषदको झण्डा ओढाई अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो । नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उनको बौद्ध धर्मअनुसार दाहसँस्कार गरिएको थियो । उनको निधनप्रति प्रदेश खेलकुद गण्डकीद्वारा दुःख व्यक्त गरेको छ ।
नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो । प्रदेश खेलकुदका उपाध्यक्ष ध्वजकुमार गुरुङ र कावा सदस्य सचिव घनश्याम पौडेलले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध भएको जनाएका छन् । विज्ञप्तीमा भनिएको छ–“नेपाली सेनाको टिमबाट सहभागि गोरखा पालुङटार निवासी खेलाडी निसिम थापा मगरको अकल्पनिय असमायिक उक्त घटनाबाट हामी ज्यादै दुःखी छौं ।” निधन भएका निसिम दिवंगत आत्माको चीर शान्तीको कामनाका साथै श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…