
पोखरा-गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सोमबारसम्म १४ स्वर्ण पदक जितेको छ । गण्डकीले सर्वाधिक पदक फुल कन्ट्याक्ट कराँतेमा जित्यो । टिम च्याम्पियन बनेको गण्डकीले ४ स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको थियो । शारीरिक सुगठनमा गण्डकीले ५५, ६५ केजी तौलमा र स्पोर्टस फिजिक्स १७० सेमीमुनीको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको थियो । आईटिएफमा ३ स्वर्ण पदक जितेको छ । त्यसैगरी स्क्वास, टिम इभेण्टमा ह्याण्डबल(पुरुष),म्याराथन पुरुषमा स्वर्ण र टेनिस(पुरुष) गरी १३ स्वर्ण पदक जितेको हो ।
४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८ कास्य पदक सहित कुल १२८ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले २३ स्वर्ण, १७ रजत र २५ कास्यपदक सहित ६५ पदक जितेको छ। अर्को विभागीय टिम एपिएफले १६ स्वर्ण, २५ रजत र ३३ काँस्य पदक सहित कुल ७४ पदक हात परेको छ।
यसैगरी बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्य सहित कुल ५९ पदक जितेको छ । यता एनआरएनएले ६ स्वर्ण, ६ रजत ४ कास्य सहित १६ पदक, प्रदेश १ ले ३ स्वर्ण ८ रजत र २१ कास्य सहित ३२ पदक, मधेश प्रदेशले २ स्वर्ण, ३ रजत र ७ कास्य पदक सहित १२ पदक जितेका छन्।
त्यसैगरी, सुदुर पश्चिम प्रदेशले २ स्वर्ण, १ रजत, ११ कास्य सहित १४ पदक, लुम्बिनी प्रदेशले १ स्वर्ण, ९ रजत र १२ कास्य सहित २२ र कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, २ कास्य पदक सहित ४ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…