
पोखरा,-म्याग्दीको बेनीमा आयोजित महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिको लागि दुई बीच पुलिस बीच हुने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो सेमिफाईनलमा सशस्त्र प्रहरी बलले बागमती प्रदेशलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै उपाधि निकट पुगेको हो ।
सशस्त्र प्रहरी बलले बागमतीलाई २३–२५, २५–२३, २५–२२ र २५–१६ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । यसैगरी दोस्रो सेमिफाईनल खेलमा गण्डकी प्रदेशलाई नेपाल पुलिसले २५–१०, २५–१८ र २५–११ को सेटमा पन्छाउँदै उपाधिको लागि सशस्त्र प्रहरीसँग भेट गर्यो । तेस्रो स्थानको लागि बुधबार गण्डकी र बागमती खेल्दा उपाधिको लागि दुई पुलिस आमने सामने हुने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…