आर्मीका थारु र एपीएफकी गुरुङलाई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित


पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गन पुरुष ट्रायथोलनको स्वर्ण नेपाल आर्मीका बसन्त थारुले जितेको छन् । उनले १ घण्टा ९ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

आर्मीका दिपेश चौधरीले १ घण्टा १० मिनेट ०५ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । नेपाल पुलिस क्लबका मौलिक महर्जनले १ घण्टा १४ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चिक्त बुझाए ।

महिला तर्फको इभेण्टमा सशस्त्र प्रहरी बलकी सोनी गुरुङले स्वर्ण पदक जितिन् । उनले निर्धारित दुरीलाई १ घण्टा १६ मिनेट २८ सेकेण्डमा पुरा गरिन् । नेपाल पुलिस क्लबकी श्रेबी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेण्डमा पुरा गर्दै रजत पदक जित्दा नेपाल आर्मीकी केशरी थापा मगरले १ घण्टा ३२ मिनेट २९ सेकेण्डमा पुरा गर्दै कास्य पदक चित्त बुझाईन् ।

बुधबार पोखराको लेकसाईडमा आयोजित ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौड तय गरिएको थियो ।