
पोखरा-रुबिना क्षत्रीको ह्याट्रिक प्रेरित नेपाल क्रिकेट संघ(क्यान )११ ले भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब(एमसिसी)लाई १९ रनले पराजित गरेको छ ।
पोखरा रंगशाला क्रिकेट मैदानमा शुरु भएको मैत्रीपूर्ण टी–२० को पहिलो खेलमा टस जितेर व्याटिङ गरेको क्यान ११ ले ९ विकेटको क्षतिमा ९९ रनको योगफल तयार पार्यो । काजल श्रेष्ठलाई २ रनमै गुमाएको क्यान ११ ले दोस्रो विकेट पनि थप एक जोड्ने क्रममा गुम्यो । इन्दु बर्मा एक बलमै गोल्डेन डक आउटको शिकार भईन् ।
२/१३ को अवस्थामा रहेको क्यान ११ ले छ रन जोड्दा अर्को विकेट खस्यो । चौथो र पाँचौ विकेट पनि केवल एक रन जोड्ने क्रममा गुमाउन पुगेको थियो । सम्झना खड्काले १७ रनको इनिङ खेलिन् । नेरी थापाले १८ रन बनाउने क्रममा ३१ बल खेल्दै २ चौका हिर्काइन् । सुमन खतिवडा र कविता कुवँरले १६ र १७ रनमा खेलिन् । सुमनले १७ बल खेल्दै २ चौका हिर्काउँदा कविताले पनि १७ रन बनाउने क्रममा ११ बल खेलिन् । उनको व्याटबाट पनि २ चौका निस्कियो । रचेल पोटरले ४ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिदाँ रिया राभल र अमाण्डा पोटगियटरले समान २/२ विकेट लिए ।
१०० रनको लक्ष्य पछ्याएको एमसिसी केवल ८० रनमा समेटिन पुग्यो । अन्तिम ओभरमाा जितको लागि २० रनको खाँचो थियो । ४ चारविकेट बाँकी थियो । अन्तिम ओभर बलिङ गरेका रुबिनाले अन्तिम पाँच वलमा ४ विकेट लिईन् । ८० रनमा खेलिरहेको एमसिसीले बाँकी चार विकेट विना रन गुमायो । रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिदैं ह्याट्रिक गरिन् । र पाँचौ बलमा समेत विकेट लिएपछि एमसिसी ८० रनमा अलआउट हुन पुग्यो । उनले २.५ ओभरमा १० रन खर्चिएर पाँच विकेट लिईन् ।
पहिलो ओभरमै दुई विकेट लिदैं क्यान ११ ले भ्रमणकारी टोलीमाथि दबाव दिएको थियो । कविता कुँवरले लिईन् । मिया रोजर्स र रचेल पोटरलाई पहिलो ओभरमा गुमाएको एमसिसीलाई अबि ह्वाईब्रोले सम्हालिन् । ह्वाईब्रोले १९ रनको योगदान गरिन । जेन्नी कितजिन्गरले १४ रन बनाउँदै इनिङलाई सम्हाले । दुवैले समान २ चौका हिर्काए । एलिसा हबर्ड २० रनमा अविजित रहिन् । नेरी थापा र कविता कुँवरले दुई दुई विकेट लिए । खेलमा प्लेयर अफ दि म्याच भने रुबिना क्षत्री भईन् । क्षत्रीर्ला पोखरा महानगरप्रमुख धनराज आचार्यले पुरस्कार प्रदान गरेका थिए । नेपाल भ्रमणमा रहेको एमसिसीले पोखरामा दुई टी–२० र दुई एक दिवसीय खेल खेल्ने छ । शनिबार एकदिवसीय खेल खेल्ने खेलतालिका छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…