
काठमाडौं-ओलम्पियन तेक्वान्दो खेलाडी संगीना बैद्यलाई दुवईमा सम्मान गरिएको छ । दुवईस्थित नुवाकोट सेवा समाज यृुएईले ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एशियाली खेलकुदमा लगातार दुई पटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगिनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरिएको जनाएको छ । नुवाकोटे चेली संगिनालाई आईतबार कोशेली होटल बर, दुवईमा समाजले सम्मान गरेको बैद्यले जनाएकी छिन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…