
पोखरा-फुटबलमा लामो समयदेखि सक्रिय रहँदैआएको अमरसिंह ब्वाईज क्लबले पहिलो पटक एट ए साईड फुटबल प्रतियोगिता आयोजनाको जमर्को गरेको छ । अमरसिंह ब्वाईज क्लबले प्रथम एबिसी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता गर्ने अन्तिम तयारीमा जुटेको छ । पोखराको अमरसिंहचोकस्थित अमरसिंहमाविको खेल मैदानलाई आवश्यक मर्मत सम्भार गरी आवश्यक तयारीलाई अन्तिम रुप दिईसकेको छ ।
प्रतियोगिता यही कार्तिक १७ गते बिहीबारदेखि ४५ वर्ष उमेर समूहको भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगितामा पोखरा, चितवन, हेटौडा, काठमाडौं, बुटबल र धनगढीका गरी १२ टोलीको प्रतिस्पर्धा रहने क्लबका अध्यक्ष एवं प्रतियोगिता संयोजक राजेश गुरुङले जानकारी दिए । प्रतियोगितामा आयोजक अमरसिंह ब्वाईजको सेतो र निलो गरी दुई टोलीले प्रतिस्पर्धा गर्ने छन् । हेटौडा, एक्स पोखरा, लेकसाईड, नाईटकिङ, र चितवन एउटा समूहमा छन् । त्यस्तै आयोजक अमरसिंह ब्वाईजको निलो, फ्रिडम फाईटर, एक्स वारियर, बुटवल, गण्डकी प्रदेश र धनगढी अर्को समूहमा छन् ।

प्रतियोगिता कार्तिक १७ गतेदेखि हुने छ । पहिलो खेल आयोजक अमरसिंह ब्वाईज सेतोले एक्स पोखरासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने छ । त्यस्तै दोस्रो खेल लेकसाईड भेट्रान्सले नाईटकिङसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल बुटवलले गण्डकी प्रदेशसँग खेल्ने छ । उदघाटन भने दिउँसो २ बजे गर्ने कार्यक्रम छ । उदघाटन खेलको रुपमा आयोजक अमरसिंह ब्वाईज निलोसँग एक्स वारियरसँग खेल्ने खेल तालिका बनाईएको संयोजक गुरुङले जानकारी दिए ।
प्रतियोगिता विजेताले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड प्राप्त गर्ने छ । उपविजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने छ । खेलमा म्यान अफ दि टुर्नामेन्टले नगद १० हजार प्राप्त गर्दा उत्कृष्ठ गोलकिपर, उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ मिडफिल्डर र उत्कृष्ठ प्रशिक्षकले नगद ५÷५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…