आहा राराको २१ औं सस्करण पुस १२ गतेदेखि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित


एपीएफ टिम ।

पोखरा-आहा रारा गोल्डकपको २१ औं सँस्करण आगामी पुसको दोस्रो साताादेखि पोखरा रंगशालामा शुरु हुने छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मोफसलका नकाउट फुटबल प्रतियोगितालाई मिति तय गर्ने सन्दर्भमा नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगितालाई पुसको १२ गतेदेखि आयोजना गर्ने गरी घोषणा गरेको हो । कास्की जिल्ला फुटबल संघले क्लबको पत्रलाई आधार मान्दै गोल्डकपको लागि पुस १२ गतेदेखि आयोजना गर्ने गरी मागेको मितिलाई नै एन्फा समक्ष पत्रचार गरेको थियो ।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने अभियानका साथ क्लबले गोल्डकपलाई निरन्तरता दिदैं आएको छ । क्लबको यो क्याराभानसहित २२ औं संस्करणको प्रतियोगिता हो । क्लबले आहा रारा गोल्डकपअघि क्याराभान गोल्डकप आयोजना गरेसँगै नकाउट फुटबल प्रतियोगिताको शुभारम्भ गरेको थियो । आहा रारा गोल्डकप आगामी पुस १२ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने हरिराम गुरुङ (सुरज) ले जानकारी दिए ।

सामाजिक कार्यमा अग्रणी रहेको सहारा क्लबको उद्देश्य नै “आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने हो । आफनो उद्देश्य पुरा गर्न हरप्रयासमा जुटेको क्लब २०५५ सालमा विधिवत रुपमा गठित भएको थियो । पोखरामा सहारा क्लबले आयोजना गर्नेभन्दा अघि नै लेखनाथको भण्डारढीकमा क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिताको जग बसिसकेको थियो । यद्यपी आदर्श क्लबले आयोजना गर्ने आदर्श कप फुटबल प्रतियोगिता २५ औं संस्करणमा पुगेर रोकिएको छ ।

सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकपबाटै फुटबलप्रति दर्शकको क्रेज भने बढेको पक्कै हो । प्रतियोगिताको शुरुवात देखि नै २१ आंै सँस्करणसम्म आईपुग्दा मुख्य प्रायोजकको रुपमा व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गर्दै आएको छ । अफिसियल बैंक लुम्बिनी विकास बैंक, ्, सहयोगी संस्था राष्ट्रिय खेलकुद, प्रदेश खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की, कास्की जिल्ला फुटबल संघ, सहारा यु.के., सहारा क्लब हङ्गकङ्ग,सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन अध्यक्ष गुरुङको भनाई थियो । प्रतियोगितामा विदेशी टिमहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ । गत वर्षको उपाधि ए.पि.एफले जितेको थियो । मनाङ्ग मरस्याङ्गदी क्लब उपविजेता बनेको थियो ।