युएईमाथि नेपालको सानदार जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ३० गते २०७९ मा प्रकाशित


पोखरा-सातौं विकेटको लागि गुलशन झा र आरिफ शेख बीच ६२ रनको साझेदारी गरेपछि युएईमाथि नेपालले तीन विकेटको जित निकाल्न सफल भएको छ । जितसँगै नेपाल भ्रमणमा रहेको युएइसँगको तीन खेलको एकदिवसीय श्रृंखला बराबरी गरेको छ ।

खराब ब्याटिङ सुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले बीचको उत्कृष्ट साझेदारीले जितको सम्भावना बनेको थियो । १७९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब शुरुवात गर्यो । शुरुमै धर्मराउन थालेको नेपाललाई सम्हाल्ने प्रयास पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रयास गरे । यद्यपी उनी पनि पभेलियनको बाटो समाएपछि मिडल अर्डरका कुशल भुर्तेलले प्रभावकारी प्रदर्शन गर्दै उकास्ने प्रयास गरे । उनको विकेट पतनपछि गुलशन झा र आरिफ शेखको महत्वपूर्ण साझेदारी बनेपछि नेपालले ७ विकेटको क्षतिमा १३ बल बाँकी रहँदा जित आत्मसात गर्यो । नेपालको जितमा आरिफ शेख ५८ बलमा ३ चौकासहित ३३ रनमा अविजित रहे । सोमपाल कामी १६ बलमा २ चौकासहित १६ रनमा अविजित रहने क्रममा विजयी चौका हिर्काउँदै खेल जिताए ।

गुलशन झा ४९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । १०६–६ को दयनीय अवस्थामा पुगेको थियो । नेपाललाई सातौं विकेटका लागी गुलशन झा र आरिफ शेखले ६२ रनको महत्वपूर्ण साझेदारी गरे । जुन जितको आधार बन्यो । कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित ३६ रनमा बोल्ड आउट भए । युएईका कप्तान एवं स्पीनर रोहन मुस्तफाको योर्कर बलमा बोल्ड हुदैं क्रिज छाडेपछि नेपाललाई फेरी ठूलो साझेदारीको खाँचो थियो । जुन खाँचोलाई झा र शेखले पुरा गरेका थिए ।

तीव्र गतिका बलर हजरत बिलालको पहिलो ओभरको चौथो बलमा ओपनर अर्जुन साउद थर्डम्यानमा सबिर अलीबाट शून्यमा क्याच भएपछि खराब शुरुवातको संकेत देखियो । कप्तान रोहितकुमार पौडेल ८ रन, आसिफ शेख ६ रनमा आउट भएका थिए । रोहित स्वीप सट खेल्ने क्रममा एलबीडब्लुको धरापमा परेका थिए ।

ज्ञानेन्द्र मल्ल १८ औं ओभरको तेस्रो बलमा २६ रनमा रन आउट भए । उनले ५९ बल खेल्दै ४ चौका हाने । दीपेन्द्रसिंह ऐरी स्पिनर बासिल हामिदको बलमा १३ रनमा बोल्ड आउट भए । २२ औं ओभरको दोस्रो बलपछि युएईका फिल्डर एलिशान शराफुले बलमा थुक लगाएपछि नेपालले पाँच रन पेनाल्टीमा पाएको थियो । कोरोनापछि बलमा थुक लगाउन प्रतिबन्ध लगाइएको छ । त्यसको फाइदा नेपालले पेनाल्टी(उपहार)मा पाँच रन पाएको थियो ।

युएईका स्पीनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए । त्यसअघि टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए ।

विना विकेट युएई एक सय एक समय ७२–० को बलियोस्थितिमा थियो । युएई पहिलो विकेटको पतनपछि जेपाली बलरले रन च्याप्दै विकेट झारे । नेपालले उत्कृष्ट पुनरागमनका साथ युएईलाई मध्यम योगफलमा रोक्न सफल भयो । पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । उक्त सुरुवातलाई चोभार एण्डबाट आएका दीपेन्द्रसिंह ऐरीले तोडेका थिए । वृत्य २५ रनमा क्रिलमा रहँदा ऐरीको बलमा सोमपाल कामीको हातबाट क्याच हुन पुगेका थिए । उनले ३९ बलमा ४ चौका हिर्काए । ललित राजवंशीको १५ औं ओभरको अन्तिम बलमा वासिमलाई आउट गर्दै ओडिआई करिअरको पहिलो विकेट लिए । ललितको बलमा वासिम फस्ट स्लिपमा आरिफ शेखबाट समातिएका थिए ।

सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । नेपालका सोमपाल कामीले ७।२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । अन्तिम खेल शुक्रबार हुनेछ ।