विजेतालाई अध्यक्षद्वारा नगदले सम्मान गर्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २६ गते २०७९ मा प्रकाशित


काठमाडौं-थाईल्याण्डको फुकेतमा आयोजित १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट नगदले सम्मान गर्ने घोषणा गरेका छन् । । अध्यक्ष श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई नगद १ लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगद ७५ हजार प्रदान गर्ने घोषणा गरेको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए ।

अध्यक्ष श्रेष्ठ बिश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टसे फेडेरेशनका साइन्स एण्ड रिसर्चका अध्यक्ष, एशियन शारीरिक सुगठन फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्ष एवं दक्षिण एशियाली महासंघका अनररी लाइफटाईम अध्यक्ष समेत हुन् । च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले रजत र पुरुष ६५ केजी तौलमा प्रज्वलमान शाक्यले कास्य पदक प्राप्त गरेका थिए ।

नेपालले सहभागिता जनाएको पुरुष र महिला दुवै विधामा पदक जित्न सफल भएको हुन् । १० प्रतिपर्धीविचबाट उत्कृष्ट ५ मा पर्दै फाईनल प्रवेश गरेकी कपालीले तीन प्रतिस्पर्धी हंगेरी, थाईल्याण्ड तथा मंगोलियाकी खेलाडीहरुलाई उछिन्दै दोश्रो स्थान प्राप्त गर्न सफल भएकी थिईन् । यस विधामा हंगकंग चाइनाकी तु सुयत यान पहिलो हुँदै स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिईन् ।

संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीमा प्रशिक्षकमा बिश्व शारीरिक सुगठनका रजत तथा कास्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय रहेका छन् । यस्तै निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ रहेका छन् ।