
पोखरा-सितेरियो कराँतेका राष्ट्रिय खेलाडी सम्पन्न श्रेष्ठ बैवाहिक जीवन बाँधिएका छन् । बाग्लुङमा जन्मिएका श्रेष्ठले मंसिर २९ गते काठमाडौं निवासी लक्ष्मी श्रेष्ठसँग लगनगाँठो कसेका हुन् । नवदम्पती श्रेष्ठ कराँतेका खेलाडी हुन् । लक्ष्मी गोजुरियो कँरातेको फष्ट डान खेलाडी हुन् ।
सम्पन्न राष्ट्रिय खेलाडी मात्रै नभई खेलकुदका कुशल अध्यक्ष समेत हुन् । २०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको जिल्ला सदस्यको रुपमा प्रवेश गरेसँगै उनको खेलकुदसँगको सम्बन्ध अझ प्रगाढ भएको थियो । जिल्ला सदस्य भएको डेढवर्षपछि नै उनी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यबहाकहुदैं पूर्ण अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उनकै समयमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता(नेपालगन्ज)बाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा बोकेर ल्याएका थिए । श्रेष्ठ अध्यक्षको कार्यकाल सकिएसँगै खेलकुदप्रति लगावले राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत भएका थिए । उनी अहिले मुआथाईका कार्यबहाक अध्यक्ष समेत हुन् ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…