
पोखरा-सितेरियो कराँतेका राष्ट्रिय खेलाडी सम्पन्न श्रेष्ठ बैवाहिक जीवन बाँधिएका छन् । बाग्लुङमा जन्मिएका श्रेष्ठले मंसिर २९ गते काठमाडौं निवासी लक्ष्मी श्रेष्ठसँग लगनगाँठो कसेका हुन् । नवदम्पती श्रेष्ठ कराँतेका खेलाडी हुन् । लक्ष्मी गोजुरियो कँरातेको फष्ट डान खेलाडी हुन् ।
सम्पन्न राष्ट्रिय खेलाडी मात्रै नभई खेलकुदका कुशल अध्यक्ष समेत हुन् । २०७२ सालमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको जिल्ला सदस्यको रुपमा प्रवेश गरेसँगै उनको खेलकुदसँगको सम्बन्ध अझ प्रगाढ भएको थियो । जिल्ला सदस्य भएको डेढवर्षपछि नै उनी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यबहाकहुदैं पूर्ण अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
उनकै समयमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता(नेपालगन्ज)बाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा बोकेर ल्याएका थिए । श्रेष्ठ अध्यक्षको कार्यकाल सकिएसँगै खेलकुदप्रति लगावले राष्ट्रिय खेलकुद परिषदको सदस्य समेत भएका थिए । उनी अहिले मुआथाईका कार्यबहाक अध्यक्ष समेत हुन् ।