
ब्याडमिन्टन
पोखरा-पोखरामा यही पुस १३ गतेदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुदैं छ । कास्की जिल्ला व्याडमिन्टन संघले विभिन्न १० वटा इभेण्टमा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ । पोखरामा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो ।
प्रतियोगितामा नेपालका शीर्ष बरियता खेलाडीहरुसहित विभिन्न जिल्लाबाट सहभागिता रहने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले बताए । उनका अनुसार संघले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता पहिलो पटक हो । यसभन्दा अघि संघले विद्यालयस्तरीय र जिल्लास्तरीय एवं महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको थियो ।
पुरुष एकल, पुरुष युगल, महिला एकल, महिला युगल, खुल्ला मिक्स युगल, यु १७ छात्र तथा छात्रा, यु १२ छात्र तथा छात्रा, ३५ वर्षमाथिको भेट्रान्स, ४५ वर्षमाथिको भेट्रान्स र ५५ वर्षमाथि उमेर समूहको भेट्रान्स इभेण्ट प्रतियोगितामा समेटिएको छ । पुरुष एकल विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोस्थान प्राप्त गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पुरुष युगल विजेताले ५०, ३० र २० हजार रुपैयाँको राशी प्राप्त गर्ने संघका अध्यक्ष श्रेष्ठले बताए ।
महिला एकल र युगल विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताको हकमा २० हजार र तेस्रो स्थानमा रहने एकल र जोडीले पनि २० हजार रुपैयाँ नै प्राप्त गर्ने छन् । मिक्स इभेण्ट विजेताले पनि ३०, २० र २० हजार प्राप्त गर्ने छन् । यु १७ छात्र तथा छात्रा विजेताले १५, १० र १० हजार प्राप्त गर्ने संघले जनाएको छ । यु १२ छात्र तथा छात्राले पनि १५, १० र १० हजार नै पाउने छन् ।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीले ३०, २० र २० हजार रुपैयाँ पाउँदा ४५ वर्ष र ५५ वर्षमाथिको उमेर समूहको विजतो तथा उपविजेता र तेस्रो स्थानमा आउने खेलाडीहरुले पनि समान ३०, २० र २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा खेलाईने छ । हलको चारैवटा कोर्टमा प्रतियोगिता सञ्चालन गरिने छ । संघले प्रत्येक विधामा ८ कम्तीमा टिम सहभागि नभएको अवस्थामा उक्त टिम स्वतह रद्द हुने जनाएको छ ।
संघले खेलाडीले पहेलो कार्ड पाएको अवस्थामा १ हजार, रेड कार्ड पाएको अवस्थामा २ हजार र ब्लाक कार्ड पाएमा ५ हजार रुपैयाँ जरिवना तिर्नुपर्ने छ र नेपाल व्याडमिन्टन संघको नियमानुसार कार्वाही समेत गरिने उल्लेख गरेको छ । खेलाडीले अनिवार्य रुपमा आफनो परिचयपत्र पेश गर्नुपर्ने छ । प्रतियोगितालाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…