
पोखरा-वर्षेनी इन्धन आयातमा खर्बौ खर्च हुन्छ । दैनिक रुपमा इन्धन प्रयोग घटाउने प्रयास गर्नुपर्छ । बातावरणीय संरक्षणसँगै इन्धन बचाउने अभियानलाई आत्मसात गर्नुपर्छ । इन्धन विना जीवन चल्दैन् । तर विस्तारै कटौती गर्दै लैजानुपर्छ । पोखराको साईकल सिटीले अभियान नै चलाएको छ( ‘बोसो पगाल, इन्धन नबाल’ । साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको थियो । साईकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यका अनुसारपर्यावरण जोगाउँदै साईकल सँस्कृतिलाई बलियो बनाई पोखरालाई साईकल सिटी हबको प्रयासको थालनी हो ।
बुधबार दोस्रो मेयरकपबाट साईकल दौड शुरु हुदैै छ । प्रतियोगिता केवल प्रतियोगिताको रुपमा मात्रै नभई इन्धन जोगाउने प्रयासको महत्वपूर्ण कदम हुने विश्वास टुर दि पोखरा अभियानका संयोजक राजन गोङ्गजूले सोमबार आयोजित पत्रकार सम्मेलनमा सुनाए । बुधबार ५० किलोमिटरको साईकल दौड हुने छ । त्यसपछि बिहीबार बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साईकल र्यालीको आयोजना गरिएको उनले बताए ।
प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ । ४० वर्षमाथिको विधामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ । ४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई÷दुई जना महिला र पुरुष प्रतियोगीलाई ५÷५ हजार रुपैयाँ दिइने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
प्रतियोगिताको समापनपछि विहीबार साईकल र्याली आयोजना गरिने साईकल सिटी पोखराले जनाएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दुई धार्मिकस्थललाई जोड्ने अभियान साईकल सिटीले लिएको छ । विभिन्न उमेर समूहका साईक्लिष्टहरुले सहभागिता जनाउने छन् । र्यालीमा ७२ किलोमिटर दुरी तय गर्ने छन् । स्वास्थ्य, बातावरण र पर्यटनका लागि साईकल भन्ने नारा साईकल सिटीले तय गरेको छ । साईकल र्यालीपछि साईकल सिटीले टुर दि पोखरा अभिायनको छैटौं सँस्करण गर्ने छ । पुस ९ गते हुने टुर दि पोखरामा सहभागि साईक्लिष्टले १९ किलोमिटरको दुरी तय गर्ने पूर्व अध्यक्ष बज्रचार्यले बताए ।१ हजार ५ सय भन्दा बढी साईक्लिष्टहरुले सहभागिता जनाउने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…