
पोखरा-कास्की बडिल्डिङ तथा फिटनेश एशोसिसनले आगामी फागुनको अन्तिम साता ‘एनएफबीएफ दोस्रो मिष्टर पोखरा’ आयोजना गर्ने तयारी गरेको छ । एशोसियसनले अगामी फागुन २६ र २७ गते लुम्बिनी र गण्डकी प्रदेशस्तरीय दोस्रो मिष्टर पोखरा आयोजना गर्ने निर्णय गरेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
संघले विभिन्न ६ वटा तौल समूहका खेलाडीहरुले ओभरअलमा प्रतिस्पर्धा गर्ने छन् । ५५ केजी, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गराईने संघका द्वितीय उपाध्यक्ष दिपक बास्तोलाले बताए । उनका अनुसार प्रत्येक तौलबाट विजेता खेलाडीले ओभरअल(फाईनल) प्रतिस्पर्धा गर्ने छन् । ओभरअल प्रतिस्पर्धीका विजेताले नगद १ लाख रुपैयाँ राशीको पुरस्कारसहित दोस्रो मिष्टर पोखराको ताज सजाउने छन् ।
प्रतियोगितामा पुरुष तथा महिला फिजिकमा समेत प्रतिस्पर्धा गराईने उपाध्यक्ष बास्तोलाले सुनाए । प्रत्येक तौल समूहका विजेता, उपविजेता र तेस्रो स्थानमा रहने खेलाडीले नगद २०, १५ र ८ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । फिजिक तर्फको विजेताले समान ३०, २० र १५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।
पोखरामा ३८ वटा जिमखाना छन् । दोस्रो मिष्टर पोखरामा दुईसय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने अपेक्षा संघको छ । गण्डकी र लुम्बिनी प्रदेशस्तरीय भएकोले गण्डकीका विभिन्न जिल्ला र लुम्बिनीका विभिन्न जिल्लाबाट समेत खेलाडीको सहभागिता हुने भएकोले २ सय भन्दा बढी खेलाडी आउने अपेक्षा गरिएको उनको भनाई थियो । फिजिक तर्फ महिला र पुरुष तर्फ समान ५०÷५० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…