
पोखरा-नेपालका शीर्ष बरियताका व्याडमिन्टन खेलाडी बुधबारदेखि पोखरामा शुरु हुने प्रथम राष्ट्रिय खुला व्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउने छन् । शीर्ष बरियतासँगै नेपालका विभिन्न जिल्लाका झण्डै ३ सय खेलाडीहरुले विभिन्न इभेण्टमा उपाधि प्रतिस्पर्धामा एरिनामा उत्रिने छन् । पुस १५ गते ल्होसारको दिन फाईनल हुने छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा आयोजना हुने प्रतियोगितामा विभिन्न १२ वटा इभेण्टमा उपाधि प्रतिस्पर्धा हुने छ । राष्ट्रिय प्रतियोगिताको लागि कास्की जिल्ला व्याडमिन्टन संघ अन्तिम तयारीमा जुटेको सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा यु–१९ विश्वका शीर्ष बरियताका प्रिन्स दाहाल, नेपालका शीर्ष बरियताकी नङ्सल तामाङसहितका खेलाडीहरु पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा उपस्थिति हुने छन् ।
पोखरा आयोजना गरिएको यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो । प्रतियोगितामा विभिन्न २५ जिल्लाका ३ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने संघका सचिव फणिन्द्र तिमिल्सिनाले जानकारी दिए । विभागीय क्लबका खेलाडीहरुसहित कन्चनपुर, सुर्खेत, उदयपुर, नेपालगन्ज, रुपन्देही, सुनसरी, भोजपुर, कैलाली, धनगढी, चितवन लगायतका जिल्लाबाट खेलाडीहरुको सहभागिता रहेको संघले जनाएको छ ।यसभन्दा अघि संघले विद्यालयस्तरीय , जिल्लास्तरीय एवं महानगरस्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्दै आएको थियो ।
पुरुष एकल, पुरुष युगल, महिला एकल, महिला युगल, खुल्ला मिक्स युगल, यु १७ छात्र तथा छात्रा, यु १२ छात्र तथा छात्रा, ३५ वर्षमाथिको भेट्रान्स, ४५ वर्षमाथिको भेट्रान्स र ५५ वर्षमाथि उमेर समूहको भेट्रान्स इभेण्ट प्रतियोगितामा समेटिएको छ । पुरुष एकल विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रोस्थान प्राप्त गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पुरुष युगल विजेताले ५०, ३० र २० हजार रुपैयाँको राशी प्राप्त गर्ने संघका कोषाध्यक्ष एवं अर्थ संयोजक मिन गुरुङले बताए ।
महिला एकल र युगल विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेताको हकमा २० हजार र तेस्रो स्थानमा रहने एकल र जोडीले पनि २० हजार रुपैयाँ नै प्राप्त गर्ने छन् । मिक्स इभेण्ट विजेताले पनि ३०, २० र २० हजार प्राप्त गर्ने छन् । यु १७ छात्र तथा छात्रा विजेताले १५, १० र १० हजार प्राप्त गर्ने संघले जनाएको छ । यु १२ छात्र तथा छात्राले पनि १५, १० र १० हजार नै पाउने छन् ।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीले ३०, २० र २० हजार रुपैयाँ पाउँदा ४५ वर्ष र ५५ वर्षमाथिको उमेर समूहको विजतो तथा उपविजेता र तेस्रो स्थानमा आउने खेलाडीहरुले पनि समान ३०, २० र २० हजार रुपैयाँ पुरस्कार पाउने छन् । पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा खेलाईने छ । हलको चारैवटा कोर्टमा प्रतियोगिता सञ्चालन गरिने छ । संघले प्रत्येक विधामा ८ कम्तीमा टिम सहभागि नभएको अवस्थामा उक्त टिम स्वतह रद्द हुने जनाएको छ । संघले खेलाडीले पहेलो कार्ड पाएको अवस्थामा १ हजार, रेड कार्ड पाएको अवस्थामा २ हजार र ब्लाक कार्ड पाएमा ५ हजार रुपैयाँ जरिवना तिर्नुपर्ने छ र नेपाल व्याडमिन्टन संघको नियमानुसार कार्वाही समेत गरिने उल्लेख गरेको छ । खेलाडीले अनिवार्य रुपमा आफनो परिचयपत्र पेश गर्नुपर्ने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…