
पोखरा-युवा खेलाडी प्रिन्स दाहालले पोखरामा आयोजित प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । महिला तर्फका उपाधि भने आर्मीकी रशिला महर्जनले जितिन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र कास्की जिल्ला व्याडमिन्टन संघको व्यवस्थापनमा आयोजित प्रतियोगितामा पुरुष तर्फको फाईनलमा दाहालले त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनलाई १९–२१, २१—१२ र २१—१४ को सेटमा पराजित गरी उपाधि जितेका हुन्। उनले एकलसँगै मिक्स डवल र पुरुष डवल तर्फको विधामा समेत स्वर्ण पदक जितेका छन् । महिला तर्फ भोजपुरकी नङसाल तामाङलाई २४–२२ र २१–१३ को सोझो सेटमा पराजित गर्दै रसिलाले स्वर्ण पदक जितेकी हुन्।
३५ बर्ष माथि पुरुष डवलमा कास्कीका बिशाल खड्का र आर्मीका सुरज महर्जनको जोडीले स्वर्ण पदक जितेका छन्। शनिबारको फाइनल खेलमा खड्का र महर्जनको जोडीले कास्कीका होम गुरुङ र पुलिसका बिष्णु कटुवालको जोडीलाई २१—१९ र २१—१४ को सोझो सेटमा पराजित गरी प्रथम हुदै स्वर्ण पदक हात पारेका हुन्। यू—१७ पुरुष तर्फको खेलमा आर्मीका डेभिड थापा मगरले स्वर्ण पदक जितेका छन्। फाइनलमा एपिएफका रोशन साउदलाई २१—९, र २१—१९ को सेटमा पन्छाउदै उपाधि जिते । यू—१७ महिला तर्फको खेलमा आर्मीकी शेष्ना सिर्पालीले स्वर्ण पदक जितिन । फाइनल खेलमा र्शीपालीले आर्मीकै रेहाना शेरचनलाई २१—८, र २१—१७ को सेटमा पन्छाउदै उपाधि जितिन्।

यू—१२ ब्वाईज तर्फको खेलमा आर्मीका सुदेश राजकोटीले स्वर्ण पदक जिते । उनले शनिबार भएको फाइनल खेलमा तनहुँका सफल भुजेललाई २२—२०, र २१—१६ को सेटमा पन्छाउदै स्वर्ण पदक जिते । यू—१२ गल्र्स तर्फको खेलमा नेक्सश इन्टरनेश्नल स्कुलकी सलिन श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले वेल्टर व्याडमिन्टर एकेडेमीकी नितसा रैकामगरलाई २१–१७, १७–२१ र २२–२० को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन्। मिक्स डवल तर्फको खेलमा पुलिका प्रिन्स दाहाल र निता लम्सालको जोडीले स्वर्ण पदक जितेका छन्। शनिबार भएको फाइनल खेलमा दाहाल र लम्सालको जोडीले आर्मीका पविन लिङथेप र अनुमाया राईको जोडीलाई २१—१७, र २१—१४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।
पुरुष डवल तर्फको विधामा पुलिसकै प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडीले स्वर्ण पदक हात पार्न सफल भयो । शनिबार भएको फाइनल खेलमा दाहाल र कटुवालको जोडीले कास्कीका विधान अधिकारी र आर्मीका पविन लिङदेनको जोडीलाई २१–१६, २३–२५ र २१–१९ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। महिला डवल तर्फको विधामा शनिबार भएको फाइनल खेलमा एपिएफकी पुजा श्रेष्ठ र भोजपुरकी नङसाल तामाङको जोडीले आर्मीकी प्राथना देउवा र आर्मीकी अनु माया राईको जोडीलाई २१—१७, र २२—२० को सेटमा पराजित गरेका थिए ।

प्रतियोगितामा काठमाण्डौं, कन्चनपुर, सुर्खेत, उदयपुर, धादिङ, ललितपुर, भोजपुर, सर्लाही लगायतका २५ जिल्लाबाट ३ सय बढी खेलाडीहरु सहभागि भएको कोषाध्यक्ष हुम बहादुर गुरुङले बताए । प्रतियोगिताको खुल्ला पुरुष एकल तथा डवल तर्फको विधामा विजेता खेलाडीको टोलीलाई जनही ५० हजार,दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगद पुरस्कार प्राप्त गरे । महिला एकल तथा डवल, मिक्स डवल, ३५ बर्ष माथिको पुरुष डबल्स, ४५ बर्ष माथि पुरुष डबल्स, ५५ बर्ष माथि पुरुष डबल्स तर्फको बिधामा विजेता टोलीहरुले जनही ३० हजार, उपविजेताले जनही २० हजार र तेश्रो हुनेले जनही १० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला व्याडमिन्टन संघ कास्कीका अध्यक्ष शुसिल कुमार श्रेष्ठले बताए ।
जुनियर खेलाडीहरुको प्रोत्साहन गर्ने उद्धेश्यले यु—१२ र यु—१७ विजेता खेलाडीले जनही १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले भने ५ हजार नगदको साथमा शिल्ड मेडल र प्रमाणपत्र वितरण गरिएको अध्यक्ष श्रेष्ठले जनाए । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङ्गे), प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष, प्रदेशका कार्यबहाक सदस्य सचिव घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानिया, संघका अध्यक्ष श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…