सशस्त्रका दुवै टोलीको सफलता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १० गते २०७९ मा प्रकाशित


पोखरा-तेस्रो टाईगर कप क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलले मंगलबार महिला तथा पुरुष दुवै टोलीले जित निकालेका छन् । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पार्धामा महिला तर्फ एपिएफले होङवान्जी न्यू
डायमण्डलाई ३–० पराजित गर्यो ।

पहिलो खेलमा एपिएफले न्यू डायमण्ड विरुद्ध २५–१५, २५–२० र २५–७ को सेटमा पराजित गर्दै दोस्रो जित निकाल्यो । खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन । दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५–१०, २५–१६ र २५–१६ ले पाखा लगायो । आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खडका भइन । महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लव र एपिएफ क्लवले २–२ खेलबाट समान ६–६ अंङक बटुलेको छ भने न्यू डायमण्ड र गण्डकीले कुनै खेल जित्न सकेका छैनन् ।

पुरुष तर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टसक्लब श्रीलंकालाई ३–२ को सेटमा पराजित गरेको छ । पुलिसले उत्कृष्ट कमब्याक गर्ने क्रममा तीन सेट लागतार जित्दै खेलमा उत्कृष्ट पुनरागमन जित निकाल्यो । पहिलो दुई सेट पुलिसले गुमायो । तर हार खाएन् । तेस्रो, चौथो र निर्णायक सेट आफनो पक्षमा पार्दै पुलिसले जितको खुशी मनायो । पहिलो र दोश्रो सेट १९–२५ र २३–२५ ले श्रींलकाको पाहुना टोलीलाई सुम्पिएको पुलिसले पछिल्ला तीन सेट क्रमश २५–२३, २५–१९ र १५–१३ ले आफ्नो पक्षमा पारेको थियो ।

गण्डकी प्रदेश शसस्त्र प्रहरीसँग पराजित हुन पुग्यो । खेलमा पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपिएफले २५–२३ दोस्रो सेट लियो । तेश्रो सेट २०–२५ ले सशस्त्रले गण्डकीलाई सुम्पियो । चौथो सेटमा २५–१९ ले एपिएफले खेल जित्यो । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए । प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब छन ।

पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्राप्त गर्ने छन् । त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।