
पोखरा-विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको छ । लिगचरण र सेमिफाईनलसम्मको अपराजित यात्रालाई निरन्तरता दिने क्रममा सशस्त्रले नेपाल पुलिस क्लबलाई ३–० सेटले पन्छायो ।
टाईगर ग्रुप पोखराको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा सशस्त्रले पहिलो सेट २५–१० मा लिदैं फाईनलको यात्रा तय गर्ने संकेत गरयो । पाहुना टोली सेन्ट जोसेफ श्रीलंकाली टोलीले कुनैपनि जित निकाल्न सकेन् । पाँचौ स्थानमा रहेर प्रतियोगिता टुंगाएको थियो । यद्यपी नेपाल पुलिस क्लबले पनि पाहुना टोलीलाई पराजित गर्दै चौथो स्थानमा रहेर सेमिफाईनल समीकरण पुरा गरेको थियो ।
पहिलो सेट निकै कम स्कोरमा गुमाएको नेपाल पुलिसले दोस्रो सेटमा भने सुधिारिएको प्रदर्शन गर्यो । दोस्रो सेट २५–२० मा गुमाउँदै सेमिफाईनलसम्मको यात्राबाट प्रतियोगिताको विट मार्यो । तेस्रो तथा अन्तिम सेटमा २५–१८ मा लिदैं सशस्त्रले नेपाल पुलिस क्लबमाथि सोझो सेटको जित निकाल्दै फाईनल प्रवेश गरेको हो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…