
पोखरा-तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा सशस्त्र प्रहरी बलले आफनो नाम लेखनाएको छ । विभागीय डर्बी भिडन्तमा सशस्त्रले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा पन्छाउँदै उपाधि आफनो बनायो ।
टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाईनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो । पहिलो सेट २५–२०ले लिएको सशस्त्रले दोस्रो सेट भने उस्तै लयमा रहन सकेन् । आर्मीले खेल सुधार्दै सशस्त्रलाई २२–२५ को सेटमा पराजित गर्दै खेल बराबरीमा ल्यायो ।
तर तेस्रो सेटमा सशस्त्रले आर्मीलाई कुनै मौका नै दिएन् । तेस्रो सेट २५–८ को स्थितिमा गुमाएको आर्मीले चौथो सेटमा पनि उत्साहजनक देखाउन सकेन् । चौथो सेट २५–२२ को सेटमा पराजित हुदैं आर्मी उपविजेतामा चित्त बुझायो । सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्यो । आर्मीले २ लाख ५० हजार प्राप्त गर्यो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…