
पोखरा-लिगचरणमा व्यहोरेको हारको बदला लिदैैं गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलमाथि रोमाञ्चक एवं प्रतिस्पर्धात्मक फाईनल खेलमा ३–२ को सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको उपाधि रक्षा गरेको छ । गण्डकीले यस अघि पहिलो संस्करणको टाईगरकपका उपाधि उचालेको थियो । महिला तर्फको उपाधि भने सशस्त्र प्रहरीले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि आफनो नाममा लेखायो ।
शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको एरिनामा भएको फाईनलमा पहिलो सर्भिस बाहिर फाल्दै अंक गुमाएको गण्डकी प्रदेशले सशस्त्र प्रहरी बलसँग पहिलो सेट २५–१६ गुमाउन पुग्यो । पाकिस्तानी खेलाडी नितिन र अकित लामाको क्विक स्पाईकमा घरेलु कोर्टमा गण्डकी प्रदेशले प्रतिस्पर्धात्मक प्रदर्शन गरेपनि अन्तत पहिलो सेट गुमाउन पुग्यो । पहिलो सेटमा सशस्त्रले स्पाईक र डिफेण्समा उत्कृष्टता देखायो । गण्डकी प्रदेशका स्पाईकरको स्पाईक बाहिरिएपछि अंक गुमाउँदै पछि परेको थियो । तर दोस्रो सेटमा गण्डकी प्रदेशले घरेलु दर्शकको साथमा उत्कृष्ट प्रर्दशन गर्यो ।
११–९ को स्थितिबाट लगातार ७ अंक जोड्दै १८–९ को स्थितिमा पुर्याएको गण्डकीले थप ७ अंक जोड्न भने केही समय लगायो । यद्यपी दोस्रो सेट भने गण्डकीले २५–१८ मा लिदैं सेट बराबरी गर्यो । तेस्रो सेटमा घरेलु दर्शकको हौसलालाई आत्मसात गरेको गण्डकीले २५–१९ को स्कोरमा लिदैं सशस्त्र प्रहरी बलमाथि दबाव बनाई राख्यो । तर चौथो सेटमा २०–१६ स्कोरमा पछि परेको अवस्थालाई उल्ट्याउँदै सशस्त्रले २८–२६ स्कोरमा आफनो पक्षमा पार्दै खेल प्रतिस्पर्धात्मक मात्रै बनाएन निर्णायक सेटमा पुर्यायो ।
तर निर्णायक सेटमा भने सशस्त्रको जोर चलेन् । घनश्याम चौधरी, रवि केसी, हरि पाण्डे, नितिन र अंकित लामाको क्विक, डिफेण्ड र स्पाईकमा गण्डकी प्रदेशले निर्णायक सेट १५–८ स्कोरमा पराजित गर्दै दोस्रो पटक टाईगर कपको उपाधि उचाल्यो । गण्डकीले ५ लाख रुपैयाँम प्राप्त गर्यो । सशस्त्रले २ लाख ५० हजार पाउँदा नेपाल पुलिस क्लबले १ लाख २५ हजार र चौथो बनेको त्रिभुवन आर्मी क्लबले ६५ हजार रुपैयाँ नगद प्राप्त गर्यो ।

यता महिला तर्फको तेस्रो टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा सशस्त्र प्रहरी बलले आफनो नाम लेखाएको छ । विभागीय डर्बी भिडन्तमा सशस्त्रले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा पन्छाउँदै उपाधि आफनो बनायो । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाईनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो । पहिलो सेट २५–२०ले लिएको सशस्त्रले दोस्रो सेट भने उस्तै लयमा रहन सकेन् । आर्मीले खेल सुधार्दै सशस्त्रलाई २५–२२ को सेटमा पराजित गर्दै खेल बराबरीमा ल्यायो ।
तर तेस्रो सेटमा सशस्त्रले आर्मीलाई कुनै मौका नै दिएन् । तेस्रो सेट २५–८ को स्थितिमा गुमाएको आर्मीले चौथो सेटमा पनि उत्साहजनक देखाउन सकेन् । चौथो सेट २५–२२ को सेटमा पराजित हुदैं आर्मी उपविजेतामा चित्त बुझायो । सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्यो । आर्मीले २ लाख ५० हजार प्राप्त गर्यो । न्यु डायण्डले १ लाख २५ हजार र चौथो एवं सान्त्वना बनेको गण्डकीले ६५ हजारको नगद पुरस्कार प्राप्त गर्यो ।
महिला तर्फ सर्वोत्कृष्ट खेलाडी सशस्त्र प्रहरी बलकी सरस्वती चौधरी घोषित भईन् । उनले नगद २५ हजार प्राप्त गरिन् उत्कृष्ट लिबेरो त्रिभुवन आर्मी क्लबी सरस्वती जैसी, उत्कृष्ट स्पाईकरमा सशस्त्रकी निरुता ठगुन्न सशस्त्र प्रहरी बल, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीकी संगम महतो, उत्कष्ट सेटर न्यु डायमण्डकी प्रगती नाथ, उत्कृष्ट प्रशिक्षक सशस्त्र प्रहरीबलका महेश चौधरी घोषित भए । पुरुष तर्फ,सर्वोत्कृष्ट खेलाडी रवि केसी भए । उनले पनि नगद २५ हजार प्राप्त गरे । उत्कृष्ट सेटर गण्डकी प्रदेशका दिवस आले, उत्कृष्ट लिबेरो सशस्त्रका विनोद चन्द, उत्कृष्ट सर्भर गण्डकीका घनश्याम चौधरी, उत्कृष्ट स्पाईकरमा सशस्त्र प्रहरी बलक टेकराज वस्थी, उत्कृष्ट ब्लकर गण्डकीका नितिनर उत्कृष्ट प्रशिक्षक गण्डकी प्रदेशका रमेश केसी घोषित भए ।
विधागत महिला तथा पुरुष उत्कृष्ट खेलाडी घोषित खेलाडीहरुले जनही १०÷१० हजार नगद प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, टाईगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा लगायतल ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…