
पोखरा-नेपाल क्रिकेट संघ(क्यान)को पोखरामा बोर्ड बैठक ढिलो गरी शुरुभएको छ । सात केन्द्रीय सदस्यले भने बोर्ड बैठक बहिष्कार गरेका छन् । बहिष्कार गरेको सदस्यहरुले कार्यसम्पादन समितिको राजीनामाको माग गर्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै उनीहरुले बैठक बहिष्कार गरेका छन् ।
असन्तुष्ट पक्षले नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा खेलाडीहरु मुछिएपछि कार्यसम्पादन समितिको राजीनामा मागेका छन् । बोर्ड बैठक शुरु हुनु अघि नै सात केन्द्रीय सदस्य असन्तुष्ट पक्षले नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलाई मंगलबार राजीनामा माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै असन्तुष्ट पक्षका सदस्य छुम्बी लामाले कार्यसम्पादन समितिले गैर जिम्मेवारी निर्णय गरेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरे ।
‘नेपाल टी–२० लिग आयोजनापछि अध्यक्षले कमिकमजोरी भएको भन्दै गल्ती स्वीकार गरिसकेको छन् ।’ लामाले भने–‘गल्ती स्वीकार गरिसकेको अवस्थामा अध्यक्षसहित कार्यसम्पादन समितिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । हाम्रो माग त्यही हो ।’ कार्यसम्पादन समितिको राजीनामा मागेपछि क्यानको बोर्ड बैठक अबेर गरी शुरु भएको हो ।
कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यबहाक सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, तथा सदस्य दुर्गाराज पाठक र पदक खड्काको राजीनामा मागेका छन् । नेपाल टी–२० लिग सञ्चालनको समयमा गठन गरिएको गर्भनिङ काउन्सिलका तीन सदस्यको समेत राजीनामा मागिएको ज्ञापन पत्रमा उल्लेख गरिएको लामाले जनाए । उता बोर्ड बैठकमा सहभागि एक सदस्यका अनुसार असन्तुष्ट पक्षले ज्ञापनपत्र बुझाएपनि बैठकमा आउने अपेक्षा सहित बैठक केही ढिलो भएको हो ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…