
पोखरा-नेपाल क्रिकेट संघको आगामी जेष्ठ मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको छ । नेपाल क्रिकेट संघको पोखरामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै संघका अध्यक्ष चतुरबहादुर चन्दले आगामी जेष्ठ मसान्तभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको बताए ।
‘जेष्ठ मसान्तभित्रमा विशेष साधारण सभा आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्ने प्रस्तावलाई पारित गर्ने निर्णय गरेका छौं ।’ अध्यक्ष चन्दले बोर्ड बैठकको निर्णय सार्वजनिक गर्दै भने–‘फागुनको १४ र १५ गते वार्षिक साधारणसभा कर्णालीको सुर्खेतमा आयोजना गर्ने निर्णय भएको छ ।’ वार्षिक साधारण सभाले नै निर्वाचनको मिति तय गर्ने संघले जनाएको छ ।संघले गण्डकी प्रदेशका पर्वत र बाग्लुङ जिल्लालाई क्रिकेट संघको तदर्थ समितिको मान्यता दिने निर्णय समेत गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…