
पोखरा-नेपाल क्रिकेट संघले नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा गुल्सन झालाई दिने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको पोखरामा बसेको बैठकले झालाई उमेर समूहको कप्तानको जिम्मेवारी दिने निर्णय गरेको संघले जनाएको छ ।
संघका अध्यक्ष चतुरबहादुर चन्दले पोखरा बैठकको निर्णय सार्वजनिक गर्दै बुधबार सन २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि महिला तथा पुरुष खेलाडीहरुलाई बर्गिकरणको आधारमा केन्द्रीय करारमा राख्ने निर्णय समेत गरेको बताए । पुरुष तर्फ १८ र महिला तर्फ १२ जना खेलाडीलाई करारमा राख्ने निर्णय गरेको हो ।
पुरुष तर्फ ए ग्रेडमा रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्रसिंह ऐरी र आशिफ शेख रहेका छन् । त्यस्तै बी ग्रेडमा आरिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल छन् । ग्रेस सीमा कमल सिंह ऐरी, कुशल मल्ल, देव खनाल, सागर ढकाल, विवेक यादव, विनोद भण्डारी, गुल्सन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा र ललितनारायण राजवंशी छन् ।
त्यसैगरी महिला तर्फ ए ग्रेडमा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् । ग्रेड बीमा काजेल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् । ग्रेड सीमा कविना जोशी, विन्दु रावल, संगता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…