
पोखरा-नेपाल क्रिकेट संघले नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी दिएको सेभेन थ्री स्पोर्टस प्रालिसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने स्पष्ट पारेको छ । संघले सम्झौता एकपक्षीय रद्द गरेको विषयमा आफनो राय सार्वजनिक गर्दै सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्था सृजना भएको उल्लेख गरेको छ । संघल आगामी वार्षिक साधारण सभाबाट निर्णयका लागि पेश गर्ने निर्णय गरिएको छ ।
नेपाल टी–२० लिग आयोजना गर्न भएको सेभेन थ्री स्पोर्टस सँगको सम्झौता एकपक्षीय रुपमा रद्द भएको प्रसंगमा अध्यक्ष चन्दले संघले पाउनुपर्ने पैसा पाउनुपर्ने भन्दै त्यसको लागि आवश्यक कानूनी प्रक्रियामा जाने बताए ।
पूर्व प्रहरी नायब महानिरिक्षक ईश्वरबावु कार्कीको संयोजकत्वमा एन्टी क्रप्सन अफिसर रितेश थापा र थप एक जना सदस्य पछि मनोनयन गर्ने गरी तीन सदस्यीय क्यान इन्टीग्रिटी कमिटि गठन गर्ने निर्णय समेत संघले गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी बमोजिम स्पट फिक्सिङ कार्यमा संलग्न खेलाडी र व्यक्तिहरुको आरोप पुष्टि पश्चात आईसिसी र क्यानको कोड अफ कन्डक्ट बमोजिम कारवाही अगाडि बढाउने निर्णय समेत गरिएको छ ।
नेपाल टी–२० का सम्बन्धमा एभरेष्ट प्रिमयिर लिगका सञ्चालक आमिर अख्तर लगायतले नेपाल क्रिकेट संघ र संघका अध्यक्ष चतुरबहादुर चन्दको नाममा सर्वोच्च दायर गरेको मुद्धा सम्बन्धमा छलफल गर्दा उक्त मुद्धा फिर्ता लिनका लागि आमिर अख्तर तथा ईपिएल लगायतका सबैलाई आग्रह गर्ने निर्णय गरिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…