बाहिर बसेर राजीनामा माग्नुको तुक छैन- चन्द

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०७९ मा प्रकाशित


पोखरा-नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहारदु चन्दले कार्यसम्पादन समितिको राजीनामा माग्नु बेतुक नरहेको उल्लेख गरेका छन् । बुधबार पोखरामा अघिल्लो दिन बसेको संघको बोर्ड बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले पाँच सदस्यीय टोलीले राजीनामा माग्नुको तुक नरहेको स्पष्ट पारे ।

‘राजीनामा बाहिर हल्ला गरेर मागेर होईन् । साधारण सभामै आफना धारणा राखेर माग्ने हो’, अध्यक्ष चन्दले भने–‘बाहिर बसेर राजीनामा माग्नुको तुक छैन् । संघको विधान ३५(१)मा स्पष्ट उल्लेख छ । ३३ प्रतिशत सदस्यले लिखित माग गरेर आएपछि ३५ दिनभित्रमा विशेष साधारण सभा बोलाउँछौं । त्यही निर्णय हुन्छ ।’ उनले साधारण सभामा ५१ प्रतिशत पुगेको अवस्थामा पद छाड्ने स्पष्ट पारे । उनले राष्ट्रिय खेलकुद परिषदले पठाएको दुई सदस्यको कुनै औचित्य नै नभएको जनाए । बैठकमा संघका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले कार्यबाहक सचिवको जिम्मेवारीबाट राजीनामा दिएका छन् । नेपाल टी–२० लिग सम्पन्न भईसकेकोले गर्भनिङ काउन्सिललाई विघटन गर्ने निर्णय समेत संघले गरेको छ ।
‘आँफु पछि हटेर निकास निस्कन्छ भने पछि हटेको हुँ ।’ उनको भनाई थियो । उनको ठाँउमा कार्यसमिति दुर्गाराज पाठकलाई कार्यबाहक सचिवको जिम्मेवारी समेत बैठकले दिने निर्णय गरिसकेको छ । कार्यसम्पादन समितिको सदस्यको राजीनामा मागले नेपाल क्रिकेट संघ निलम्बनतिर जाने खतरा भएको भन्दै विगतका कमिकमजोरीलाई सच्याई एक ढिक्का भएर संघको हकहितको लागि एकजुट भई अघि बढेर सहकार्यमा आउन बैठकले आग्रह समेत गरेको थियो । पाँच केन्द्रीय सदस्यले राजीनामाको माग गर्दै बैठक बहिष्कार गरेका थिए ।