
पोखरा-कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा आईतबारदेखि पोखरा रंगशालमा विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ ।
नवौं कास्की तथा छैटौं एकता कप विद्यालयस्तरीय प्रतियोगितामा छात्र तर्फ पहिलो खेलमा पोखरा एकेडेमीले राईजिङ स्टारलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । पोखराको जितको क्रममा १२—३ गोलअन्तरको नजिता निकाल्यो । त्यस्तै अर्को खेलमा पोखरा लनर्सले ज्ञानज्योतिलाई १३—१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अगाडि बढ्यो ।
छात्र तर्फकै तेस्रो खेलमा अल्फा बोर्डिङलाई १५—३ गोल अन्तरले पारजित गर्दै गण्डकी बोर्डिङ स्कुलले जित आत्मसात गरेको छ । रेन्वो एकेडेमीलाई सरस्वती आदर्शले ११—५ गोल अन्तरमा पन्छाएको थियो । छात्रा तर्फको प्रतिस्पर्धामा पोखरा एकेडेमीले ईडेन बोर्डिङलाई ६—२ गोल अन्तरले पराजित गरेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतिस्पर्धामा गण्डकी बोर्डिङले सरस्वती बोर्डिङमाथि ११—० गोलको फराकिलो जित दर्ता गर्यो । सिर्जना बोर्डिङले रत्नज्योति बोर्डिङमाथि ५—३ को रोमाञ्चक एव प्रतिस्पर्धात्मक जित दर्ता गर्यो । प्रतियोगिता फागुन ३ गतेसम्म संचालन हुने छ । प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । प्रतियोगिता अन्र्तगत साविक विजेता छात्र तर्फ माउन्ट अन्नपूर्ण स्कुल र छात्रा तर्फ गण्डकी बोर्डिङ स्कुल हो ।
प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ ।
‘स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अध्यक्ष थापाले बताए । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले गरेका थिए ।


कास्की –आगामी माघको अन्तिमसातादेखि शुरु हुने आहा रारा पोखरा गोल्डकपको २५ औं संस्करणमा पोखरेली फुटबलप्रेमीले रात्रीकालिन फुटबलको अुनभव लिन पाउने छन् । त्यसको लागि सहारा क्लब पोखराले आन्तरिक गृहकार्य गरिसकेको छ । पोखरामा पहिलो पटक पोखरा रंगशाला फुटबल…
पोखरा=टी २० क्रिकेट विश्वकपको ट्रफी टुर अन्तर्गत आज पोखरा ल्याइएको छ । कास्की जिल्ला क्रिकेट संघ तथा प्रादेशिक क्रिकेट संघको समन्वयमा आज पोखरा रंगशाला क्रिकेट मैदान ट्रफी सार्वजनिक गरिएको थियो । ट्रफीलाई गण्डकी प्रदेश सामाजिक विकास एवं युवा…