
पोखरा-नेपाली म्याराथनको इतिहासमै सर्वाधिक पुरस्कार राशीको पोखरा अन्तराष्ट्रिय म्याराथनमा २९ विदेशी धावकसहित नेपाली धावकले प्रतिस्पर्धा गर्ने छन् । बिहीबार आयोजक भुतपुर्व खेलाडी मञ्च नेपालले पत्रकार सम्मेलन गर्दै म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तराष्ट्रिय म्याराथन’को टाईटल जित्न दौडिने छ । ‘२९जना विदेशी धावक छन् । केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता छ ।’ मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने–‘पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्मका धावकले प्रतिस्पर्धा गर्न पोखरा आएका छन् ।’
सिटी म्याराथनको अवधारणाबाट शुरु भएको पोखरा म्याराथन विस्तारै बयष्क बन्दै गएको छ । आगामी फागुन ६ गते शनिबार १७ औं संस्करणको म्याराथनलाई अन्तराष्ट्रिय म्याराथन सञ्जाल ‘एशोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाईटी’(एम्स)को मान्यता दिएको छ । मान्यता पाएसँगै अन्तराष्ट्रिय धावकको सहभागिता समेत उल्लेख्य बढेको उनको बुझाई छ । महिला तर्फको हाफ म्याराथनमा २० जना धाविकाले प्रतिस्पर्धा गर्ने उनले जानकारी गराए ।
मञ्चले यो वर्ष म्याराथनको रुट(बाटो) समेत परिवर्तन गरेको छ । पृथ्वीराजमार्गमा बढी दौडाउँदै आएको मञ्चले यो वर्ष भने राजमार्गलाई हटाउँदै भित्री बाटोलाई बढी प्राथमिकतामा राखेर रुट तय गरेको छ । लेखनाथ क्षेत्रमा परेको राजमार्गको रुटलाई अहिले पूर्ण रुपमा हटाएको छ । मुख्य बजार क्षेत्रदेखि पोखराकै भित्री सडकलाई रुटको रुपमा प्रयोग गरिएको उनको भनाई थियो । ‘हाईवेमा दौडाउँदा सवारीको समस्याले अहिले भित्री सडकमा रुट बनाईएको छ ।’ मञ्चका अध्यक्ष पराजुलीको भनाई थियो ।
‘यो विश्वकै उत्कृष्ट म्याराथन हो । जहाँ ७ वटा मन्दिरलाई देख्न पाईन्छ । १७ वटा वडालाई छुन्छ’ नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने–‘उत्कृष्टसँगै चुनौति पनि बढ्दै गएको छ ।’ उनले पछिल्लो समय पोखरामा बढ्दै गएको सवारीले ट्राफिक जामको समस्या निम्त्याउने भन्दै त्यसको निराकरण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।
खुल्ला १० किलोमिटर पुरुष तर्फ ३ सय जनाले सहभागिता जनाएका छन् । महिला तर्फ १०० जनाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी पाँच किलोमिटर विद्यालयस्तरीय छात्र÷छात्रा तथा ह्वीलचियर र दृष्टिविहीन दौडलाई समेत इभेण्टको रुपमा मञ्चले विगतमा झैं समेट्दै आएको छ । सुजल डेरी प्रालिको उत्पादन सफल दूधले मुख्य प्रायोजन गर्दै आएको म्याराथन विजेताले ५लाख रुपैयाँ प्राप्त गर्ने छ । द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गरिने मञ्चले जनाएको छ । खुला म्याराथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रोत्सहान गर्न विजेतालाई ५०, उपविजेताले ३० र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ ।
महिला हाफ म्याराथनले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुने धाविकाले ७५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । १० किलोमिटर सडक दौड महिला तथा पुरुषले समान ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ५ किलोमटिर छात्र÷छात्रा दौड विजेताले नगद १५, १० र ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।दौड पोखरा रंगशालाबाट शुरु भई बजार परिक्रमा गरेर पोखरा रंगशालामै पुगेर टुंगिने छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…