
पोखरा-यही फागुनको ७ देखि ९ गतेदेखि कास्कीको अन्तरविद्यालयस्तरीय सेकेण्डीलेभल छात्र ह्याण्डबल प्रतियोगिता हुने भएको छ । ह्याण्डबल खेलाडी संघ कास्कीको आयोजनामा आईतबारदेखि प्रथम मन्जुबहादुर बस्नेत स्मृति विद्यालयस्तरीय ह्याण्डबल प्रतियोगिता हुदैं छ । प्रतियोगिता पोखरा रंगशाला ह्याण्डबल कोर्टमा हुने छ ।
प्रतियोगितालाई मनकामना स्पोर्टस एण्ड फेन्सी महेन्द्रपुलले मुख्य प्रायोजन गरेको छ । दुईदिनअघि मात्रै कास्की जिल्ला ह्याण्डबल संघले विद्यालयस्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता आयोजना गरेको थियो ।
पोखरा रंगशालामा हुने प्रतियोगिता लिगकम नकाउटमा खेलाईने छ । कास्कीमा ह्याण्डबल खेलको विकास र विस्तारको लागि प्रतियोगिता आयोजना गरिएको मुख्य प्रायोजक मनकामना स्पोर्टस एण्ड फेन्सीका प्रोप्राईटर विशाल बस्नेतले बताए । बस्नेत आफैं ह्याण्डबलका अन्तराष्ट्रिय खेलाडी समेत हुन् भने पोखरामा आयोजना भएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट ह्याण्डबलको कप्तानी समेत गरेका थिए ।
प्रतियोगिताको विजेता विद्यालयले नगद १० हजार राशीसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेता विद्यालयले नगद ७ हजार प्राप्त गर्ने छ । उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ठ खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…